लोक सेवाको परीक्षा समाबेसी नभएको भन्दै बुटवलमा विरोध प्रदर्शन 


यमलाल भुसाल, बुटवल । नेपाल आदीवासी  जनजाति महासंघले लोक सेवा अयोगले लिईरहेको परिक्षा समाबेसी नभएको भन्दै बुटवलमा विरोध प्रर्दशन गरेको छ ।

स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले लिएको परीक्षाविरुद्ध आरक्षण बचाउ आन्दोलनले शनिवार बिहान बुटवलको सिद्धेश्वरी माबि परिक्षा केन्द्र अगाडी विरोध प्रदर्शन गरेको हो । परिक्षा अबधिभर प्रदर्शनकारीहरुले परिक्षा केन्द्र अगाडी विरोधप्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीत र लोकसेवा आयोगविरुद्ध नाराबाजी गरेका थिए । दिउसो १२ बजे हुने परिक्षामा पनि महासंघले परिक्षा केन्द्र अगाडी विरोध प्रदर्शन गरेका हुन ।

नेपाल आदीबासी जनजाति महासंघ प्रदेश नं ५ का सचिव तथा आरक्षण बचाउ आन्दोलनका संयोजक दिपक गुरुङ्गको संयोजकत्वमा सम्पन्न बिरोध प्रदर्शनमा नेपाल मगर संघ प्रदेश नं ५ का अध्यक्ष बिमल सारु, मोहमद अलिम, मनोज राना लगायतले बोल्दै लोक सेवा आयोगले लिएको परिक्षा खारेज गर्न माग गर्नु भएको छ ।

बिहान भएको सहायक पाँचौ तहको परिक्षामा ६ हजार ८ सय ६७ जना परिक्षार्थी सहभागि रहेको र दिउसो १२ बजे भएकोे सहायक चौथो तहको परिक्षामा ८ हजार २ सय ३६ परिक्षार्थी सहभागि भएको लोकसेवा आयोग बुटवलका उपसचिव तथा प्रवक्ता एकनारायण शर्माले जानकारी दिनुभयो ।