यार्सा संकलकबाट १ करोडको राजश्व असुली


मुगु । यस बर्ष मुगुको पूर्वी क्षेत्रमा पर्ने मुगुमकार्मारोङ गाउँपालिका १ र २ मा पर्ने हिमाली पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलन गर्न जानेहरूबाट वन प्रवेश शुल्कवापत एक करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

यार्सा संकलनका लागि जेठ २० बाट गते वन प्रवेश अनुमति दिइए पछि सार्वजनिक सूचना जारी गरिए पनि संकलकहरू ढिलो गरी वन प्रवेश गर्ने आधार शिविर सिरानीचौरमा पुगेकाले यस बर्ष यार्सासंकलक सबैबाट प्रवेश अनुमति दिइएको यार्सा गुम्बा संकलन तथा व्यवस्थापन समितिका संयोजक एवं मुगुम कार्मारोङ गाउँपालिका २ का अध्यक्ष कार्मा तामाङले जानकारी दिए। यो पटक जिल्ला बाहिरबाट एक हजार ९९० र जिल्ला भित्रबाट दुई हजार ३५३ जना यार्सा संकलक हिमाली पाटन क्षेत्रमा गएका थिए ।

वन प्रवेशको अनुमति दिए पनि जिल्ला भित्रका संकलकहरू ढिलो समय सम्म गई रहेका हुनाले यार्साको सिजन पछि सम्म राजश्व सकंलन भएकोे मुगुम कार्मारोङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले जानकारी दिए । यस बर्ष यार्सा संकलनका लागि वन प्रवेश शुल्कवापत ९० लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो भने पछि थप ८ लाख संकलन भएको छ।

यार्सा संकलकहरू वन प्रवेश गर्ने क्रम पछि सम्म जारी रहेकाले राजस्वको दर एक करोड बढेको वडा नं. २ मुगुगाउँका सचिव गंगप्रसाद न्यौपानेले जानकारी दिए। मुगुका उच्च हिमाली पाटन क्षेत्र रिमार, टाँके, सानो कोइकी, ठूलो कोईकी, हाङदाङ खोला, छापाखोला, च्यार्कु, माझिङथान लगायत दर्जनौँ हिमाली पाटन क्षेत्रमा यार्सा पाईने गर्छ। यो वर्ष जिल्ला भित्रका स्थानीयलाई दुई हजार र जिल्ला बाहिरका लागि दुई हजार ५०० वन प्रवेश शुल्क तोकिएको थियो। डोल्फु र वाङ्गरीमा १० लाख राजस्व यता से फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु र वाङ्गरीका पाटन १० लाख सात हजार पाँच सय राजस्व संकलन भएको थियो

मुगु जिल्लाका डोल्फु र वाङ्गरीमा क्षेत्रमा यार्सा संकलन गर्न जाने संकलकहरूबाट वन प्रवेश शुल्क मुगु र डोल्पाका लागि दुई हजार, अन्य जिल्लाका लागि तीन हजार र मध्यवर्ती भित्रका लागि ५०० का दरले राजस्व संकलन गरेको र संकलन बापत १० लाख सात हजार पाँच सय राजश्व संकलन भएको से फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय डोल्फु सेक्टरका सिनियर ग्याम स्काउट डिलबहादुर बुढाले जानकारी दिए।