प्रचण्डको कुटनीति सफलः माधवलाई विदेश विभाग, वामदेवलाई संगठन

0
Shares

काठमाडौं । तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी (ए) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी यतिखेर आन्तिरिक युद्धमा फसेको छ । पार्टीमा रहेका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नै कुराकानी नमिल्दा पार्टीभित्रै आन्तिरिक द्धोवन्द शुरु हुन लागेको चर्चा पनि चल्न थालेको छ ।

पछिल्ला दिनहरुमा कार्यक्रमहरु र बैठकमा दुई वअध्यक्षको घाँटी जोडिएको जस्तो देखिएपनि अब यो वास्तवीकता नरहने शंकेत देखिएको छ । नेपकाको एकताको घोषणालगत्तै नेतृत्व र शक्तिसन्तुलन मिलाउन दुवै अध्यक्षले सबैभन्दा बढि समय खर्चेका छन् । यद्यपी त्यसमा कुनै ठोष निर्णय भने उनीहरुले लिन नसक्दा बारम्बार बैठक स्थगीत गर्नु परेको बताइन्छ ।

हाल पार्टीभित्रको सबैभन्दा शक्तिशाली मानिएको संगठन विभागको प्रमुख वामदेव गौतमलाई दिने सहमति भएको बताइएको छ । नेकपाका एक नेताका अनुसार बिहीबार राति बसेको बैठकले विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल र संगठन विभाग प्रमुखमा सचिवालय सदस्य बामदेव गौतमलाई पठाउने निर्णय गरेको हो।

ससरुवाती दिनहरुमा अध्यक्ष दाहाल प्रचण्डले वामदेव गौतमलाई नै संगठन प्रमुख बनाउने प्रस्ताव गर्दा प्रधानमन्त्री ओलीले भने गृहमन्त्री रामबहादुर थापा(बादल) लाई बनाउने भनेर प्रस्ताव गरेका थिए । पछी ३२ विभागका भागबन्डामा विभाग तत्कालिन नेकपा एमालेको कोटामा परेको थियो । विहिबार निवास बालुवाटारमा बसेको पुर्व एमालेका नेताहरुको बैठकले संगठन विभागको जिम्मेवारी दिन सहमत भएको बताइएको छ ।

यसअघि भने माधवकुमार नेपाल तत्कालिन एमालेमा विदेश विभाग प्रमुख थिए । बैठकमा अध्यक्ष ओली, महासचिव विष्णु पौडेल बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र मावदेव गौतम रहेका थिए ।

यता प्रचण्ड खेमामा भने बामदेव विभागीय प्रमुख बनाउने खबरले खुशीयाली छाएको छ । सुरुवातमा प्रचण्डले बामदेवलाई संगठन विभाग प्रमुख बनाउने प्रस्ताव गर्दा प्रम ओली भड्किएका थिए । ओलीले प्रचण्डको लाइन छुटाएर आफ्नो पोल्टोमा ल्याएका बादललाई ओलीले संगठन विभागको जिम्मा दिने निर्णय गरेपछि प्रचण्डले आफु संकटमा परेको बताएका थिए ।

उनले आफु पार्टी अध्यक्ष भएतापनी पार्टीका कामकार्यमा कुनै पनि काम कार्य गर्न नपाएको गुनासो गरेको थिए । तर पछिल्ला लगाताकारको बैठकमा प्रचण्डले अध्यक्षद्धय, महासचिव र बहालवाला मन्त्रीलाई विभागीय जिम्मेवारी नदिने भन्ने प्रस्ताव पटक पटक राखेपछि अध्यक्ष ओलीको पनि हट चलेन । यस्तो प्रस्ताव पार्टीको लागि र नेता व्यवस्थापनको लागि पनि उचित भएकाले ओली सहमत भएका हुन ।

यसरी पूर्वएमाले नेताहरुको पछिल्लो बैठकले वामदेवलाई पुनः प्रस्ताव गरेपछि ंसंगठन विभागको जिम्मेवारी वामदेव गौतमलाई दिन सहमत भएको र पक्का पक्की नै भइसकेको बताइएको छ ।