४ किलो आइस ड्रग्ससहित त्रिभुवन विमानस्थलबाट पोर्चुगिज नागरिक समातिए

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले लागूऔषध आइस डग्ससहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले राहदानी नं. ७२०१२९२ बाहक मेन्डिज पेरिरा नाम गरेका पोर्चुगिज नागरिकलाई पक्राउ गरेको हो ।

विमानस्थल प्रहरीकाअनुसार उनको साथबाट ४ किलो ३ सय ८० ग्राम आइस एम्फिटामिन बरामद भएको छ ।

विभिन्न बट्टामा फल्स बटम बनाएर ल्याउने क्रममा लागूऔषध समाएकिो प्रहरीले जनाएको छ ।