धनगढीमा विस्फोट, पाँच जना गम्भीर


धनगढी ।
धनगढीमा विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएका छन् ।धनगढी उपमहानगरपालिका– ३ शहिद गेट नजिकै रहेको निलम होटलमा बिहीवार साँझ विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

यद्यपी उक्त स्थानमा के विस्फोट भएको हो भन्नेबारे अझैसम्म खुल्न सकेको छैन । स्थानीयका अनुसार सिलिण्डर ग्याँस विस्फोट भएको आशंका गरिएको छ ।

विस्फोटबाट घाइते भएकाहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको परिचय खुलेको छैन । यसबारे थप अनुसन्धान भईरहेको छ ।