महोत्तरीको कारागार पाँच दिनपछि डुबान मुक्त


गौशाला । महोत्तरीको जलेश्वरस्थित कारागार पाँच दिनपछि डुबान मुक्त भएको छ । महोत्तरी, धनुषा र सर्लाहीको संयुक्त कारागारभित्र बाढी पसेपछि कैदीलाई समस्या भएको थियो ।

कारागारबाट दमकल लगाएर पानी निकालिएको निमित्त जेलर मकसुदन महासेठले बताउनुभयो । कारागारमा ४१८ पुरुष, ४२ महिलासहित ४६३ कैदीबन्दी रहेका थिए । कैदीबन्दी बस्ने कोठामा पाँच फिटसम्म पानी पसेको थियो । कारागारका कर्मचारीले दुई दिन दमकलमार्फत पानी निकालेका हुन् । खाना पकाउन समस्या भएपछि कैदीबन्दी चिउरा, दालमोठ र चाउचाउको भरमा थिए । “आजदेखि कैदीबन्दीले आफै पकाएर खान सक्ने भएका छन्”, महासेठले भन्नुभयो । रासस