परीक्षाको पूर्वसन्ध्यामा लोक सेवा अगाडि प्रदर्शन, विज्ञापन खारेजीको माग

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

स्थानीय तहमा लोकसेवाले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै लोक सेवा आयोगको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि बिहीबार बिहान प्रदर्शन भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघले विज्ञापन खारेज गर्नुपर्ने माग गर्दै महासंघले बिहीबार प्रदर्शनकै क्रममा उनीहरुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्तिको राजीनामा माग माग गरेको हो ।

आयोगले जेठ १५ गते नौ हजारभन्दा बढी पदमा खुलाएको विज्ञापन समावेशी सिद्धान्तअनुसार नभएको भन्दै महासंघले आन्दोलन गर्दै आएको छ।

विज्ञापनअनुसार चार लाखले आवेदन दिइसकेका छन् भने शुक्रबारदेखि लिखित परीक्षा लिने तयारी थालेको छ ।