उत्पत्तिको प्रमाणपत्र अब अनलाइनमा


नेपाल समाचारपत्र,काठमाडौं ।

उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्यको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले संयुक्त रूपमा शुरुवात गर्नुभयो ।

उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीबाट जारी गर्ने सम्बन्धमा मन्त्रालय र महासंघबीचको लामो अभ्यासपछि एक महिना अर्थात भदौ १ गतेदेखि ललितपुर उद्योग वाणिज्य संघबाट त्यसको शुरुवात गर्ने गरी बुधबार महासंघ सचिवालयमासफ्ट लन्च गरिएको हो ।

नेपालबाट निकासी हुने वस्तुका लागि जारी हुने उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कार्य महासंघले विगत ५ दशकभन्दा बढी समयदेखि भारत तथा तेस्रो मुलुकका लागि गर्दै आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुह“ुंदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीमा लगेपछि समय, श्रमको समेत बचत हुन गई व्यवसाय लागतमा समेत कटौती हुन गई व्यापार विस्तारमा सहयोग पुग्ने धारणा राख्नुभयो । अनलाइन प्रणालीबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्यलाई सफल पार्न महासंघका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह हुनेमा आफू विश्वस्त रहेको बताउनुहुं“दै यो प्रणालीमा जां“दा आउने चुनौतीलाई सामना गर्न मन्त्रालयले सहयोग र सहकार्य गर्ने विश्वास दिलाउनु भयो ।

महासंघका अध्यक्ष भवानी राणाले अनलाइन प्रणालीबाट जारी भएको उत्पत्तिको प्रमाणपत्र कानुनी रूपमा समेत मान्य हुने बताउनुभयो । जहां“सुकै बसेर पनि उत्पत्तिको प्रमाणपत्रको विवरण भर्न तथा जारी गर्न सकिने, मन्त्रालयबाट समेत यसको अनुगमन गर्न र वस्तु निकासीको तथ्यांक सहज तरिकाबाट उपलव्ध हुने भएकाले यसको महत्व अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो । साथै अध्यक्ष राणाले महासंघले प्रभावकारी ढंगबाट आफ्नो जिम्मेवारी निर्वाह गर्ने विश्वास समेत दिलाउनु भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले डिजिटल नेपालको अवधारणालाई अगाडि बढाइसकेको पृष्ठभूमिमा अनलाइनबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्थाले सो अवधारणालाई एक कदम अगाडि बढाएको धारणा राख्नुभयो । साथै उहा“ंले उत्पत्तिको प्रमाणपत्रलाई अनलाइनमा लगेपछि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा समेत फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अनलाइन प्रणाली निर्माण कम्पनी मण्डला सिस्टम प्रालिका प्रबन्ध निर्देशक विप्लवमान सिंहले सो प्रणालीको प्रयोग सम्बन्धमा जानकारी गराउनु भएको थियो । अनलाइन प्रणालीमा गएपछि महासंघ, उत्पत्तिको प्रमाण पत्र जारी गर्ने निकाय तथा भन्सार कार्यालयबीच सम्पर्क कायम रहने, पेपरलेस हुने भएकाले भन्सार लगायत कार्यालयहरूमा समेत उत्पत्तिको प्रमाण पत्र बुझाइरहन आवश्यकता नहुने, अनलाइनबाटै हेर्न सकिने, उत्पत्तिको प्रमाण पत्र भर्ने क्रममा एक पटक प्रविष्ट भैसकेपछि पुनः उत्पादक, वस्तु, हार्मोनाइजेसन कोड एचएस कोड लगायतको जानकारी सजिलै प्रविष्ट हुने सो अवसरमा बताइयो ।

उता नेपाल उद्योगघले पनि उत्पत्तिको प्रमाणपत्र अब अनलाइनबाट जारी हुने व्यवस्था मिलाएको छ । परिसंघको कार्यालयमा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र परिसंघका अध्यक्ष सतिशकुमार मोरले अनलाइन व्यवस्थाको शुरुवात गर्नुभयो ।

सो अवसरमा वाणिज्य तथा आपूिर्त सचिव अधिकारीले अनलाइन प्रणालीले व्यापारमा हुने गैरकर अवरोधहरु कम भई थप प्रतिस्पर्धीलाई सहयोग पुग्ने बताउनुभयो । सचिव अधिकारीले व्यापारस“ग जोडिएका भन्सार कार्यालय, नेपाल राष्ट्र बैंकलगायतका निकाय एकीकृत अनलाइन प्रणालीमा आबद्ध हुन लागेकोले उत्पत्तिको प्रमाणपत्र अनलाइन जारी गर्दा समस्या नहुने र समस्या आइहाले सुधारका लागि मन्त्रालय तयार रहेको जानकारी गराउनुभयो ।
सो अवसरमा व्यापार प्रवद्र्धन केन्द्रका कार्यकारी प्रमुख शरदविक्रम राणाले व्यापारमा कागजी अवरोध कम हुने भएकाले अनलाइन प्रणाली लागू गर्न व्यावसायिक क्षेत्रले सघाउनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले उत्पत्तिको प्रमाणपत्र अनलाइन जारी गर्न परिसंघले आवश्यक तयारी पूरा गरेको बताउनु भयो । अध्यक्ष मोरले भारततर्फको निकासीमा पनि परिसंघले उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । निकासी व्यापारमा थप सहुलियत तथा अहिले व्यापारमा देखा परेका कानुनी झन्झट हटाउन अध्यक्ष मोरले आग्रह गर्नुभयो ।

परिसंघका उपाध्यक्ष राजेश अग्रवालले अनलाइन प्रणालीलाई व्यवस्थित गर्न र भुक्तानी सेवालाई पनि अनलाइन प्रणालीमा थप सहज गर्न आग्रह गर्नुभयो । परिसंघले बुधबार सफ्ट लञ्च भएको उत्पत्तिको प्रमाणपत्र अब अनलाइन व्यवस्थालाई एक महिनाभित्र पूर्ण रुपमा अनलाइन जारी हुने व्यवस्था मिलाउने छ ।