कचनकवलको बजेट ४७ करोड ६० लाख


भद्रपुर ।
कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि ४७ करोड ६० लाख विनियोजित बजेट प्रस्तुत गरेको छ । प्रस्तावित बजेटमा आन्तरिक श्रोततर्फ २ करोड, नेपाल सरकारबाट प्राप्त अनुदान १२ करोड ६० लाख, राजश्व बाँडफाड ९ करोड ६२ लाख र प्रदेश सरकारबाट ५५ लाख ४५ हजार, शसर्त अनुदान १६ करोड ३४ लाख, तराइ मधेस समृद्धि कार्यक्रम अन्र्तगत एक करोड, पूर्वाधार विकास कार्यक्रम २ करोड ५० लाख र अन्य २ करोड ९८ लाख ५५ हजार आय अनुमान सहित ४७ करोड ६० लाखको बजेट प्रस्तुत गरिएको हो ।

गाउँपालिकाका प्रमुख अञ्जरा आलमको अध्यक्षता तथा सङ्घीय साँसद् राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यमा बजेट सार्वजनिक गरिएको थियो । कार्यक्रममा बजेट प्रस्तुत गर्दै आलमले कक्षा १२ सम्म सबै विद्यार्थीलाई निःशुल्क शिक्षाको घोषणा गरे । उनले छात्राहरूलाई क्याम्पस तहमा पनि निःशुल्क शिक्षाको व्यवस्था गरिएको जानकारी दिए ।

उनले प्रत्येक वडाका एक/एक विद्यालयमा नमुना बाल कक्षा सञ्चालन गर्ने, सवै माध्यमिक विद्यालयहरुमा अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने, अङ्ग्रेजी माध्यमबाट गरिने पठनपाठनलाई प्राथमिकता प्रदान दिने, प्राथमिक स्वास्थ्य चौकी वनियानीमा मृगौला रोगीहरूका लागि डायलासिस सेवा सञ्चालन गर्ने, कृषि उत्पादन बढाउन खेत बा“झो नराख्ने शर्तमा कृषहरुलाई मोटर वोरिङग, मल विउ र औजार वितरणको व्यवस्था मिलाइने, माछापालन र अग्र्यानिक तरकारी खेतीमा विशेष प्रोत्साहन र अनुदानको व्यवस्था मिलाइने, बेरोजगार युवा लक्षित तालिम केन्द्र र स्वरोजगार कोषको स्थापना गर्ने, सिप भएका र तालिम केन्द्र मार्फत शिप सिकेका युवाहरुलाई साना घरेलु, कुटीर उद्योग र व्यवसाय सञ्चालनका लागि अनुदान तथा ऋणको व्यवस्था मिलाउने, स्थानीय ३०० जना भन्दा बढीलाई रोजगार प्रदान गर्ने वातावरण मैत्री रोजगारमूलक उद्योग स्थापना गर्न चाहने उद्योगीलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर छुट दिने र विजुली ,बाटो , सौर्य वत्तीको व्यवस्था, स्थानीय कृषकले आफै उत्पादन गरेर थोरै परिमाणमा बिक्रीका लागि ल्याउने फलफुल तथा तरकारीजन्य बस्तुहरुमा लाग्दै आएको दैनिक हाटबजार कर हटाइएको लगायतका पूर्वाधार निर्माणमा समेत सहयोग गर्ने लक्ष्य सहितको बजेट प्रस्तुत गरेका थिए ।