प्रदेश– ५ का प्रहरी प्रमुख शाहद्धारा प्युठानको निरीक्षण


प्युठान ।
पाँच नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक(डिआईजी) सुरेश बिक्रम शाहले जिल्ला प्रहरी कार्यालय प्युठानको बुधवार निरीक्षण गर्नूभएको छ ।

उहाँले प्युठानमा प्रहरी कार्यलयको निरीक्षण र सुरक्षाको अवस्थाको बारेमा विस्तृत जानकारी लिनुभएको थियो ।डिआईजी शाहले प्रहरी सेवा सदैव जनलक्षित हुने भएकोले जनताले आफु सुरक्षित भएको महसुश हुने गरि सेवा प्रदान गर्न प्युठानमा कार्यरत प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिनुभएको छ ।

सकभर घटना घट्नै नदिने यदि घटना घटिहालेमा सफल अनुसन्धान गरी अपराधिलाई कानुनी प्रकृयामा लैजान नागरीकमैत्री व्यवहार गर्न, मानव अधिकारको उच्च सम्मान गर्न, अनुशासनमा रहि अनुशासित भइ काम गर्ने डिआईजी शाहले प्युठान प्रहरीलाई निर्देशन दिनु भएको छ ।आफ्नो निकायको प्रमुखबाट समयसापेक्ष निर्देशनले प्युठान प्रहरीका अधिकृत तथा जवानमा मनोवल बढाएको प्युठान जिल्ला प्रहरी प्रमुख निर्मल बुढाथोकीले बताउनुभयो ।

प्रदेश सुरक्षा प्रमुख शाहले प्रहरीचौकीको अवस्था भौगोलिक विकटता, घट्न सक्ने घटनाकोबारे चनाखो रहन समेत निर्देशन दिनुभएको थियो ।प्युठानमा प्रहरीलाई समसामयिक निर्देशन दिई डिआईजी थापा बिहिवार रोल्पा प्रस्थान गर्ने कार्यक्रम छ ।पाँच नम्बर प्रदेश प्रमुख भई आए पश्चात् डिआइजी शाह मातहतका जिल्लाको निरीक्षण भम्रणमा निस्कनुभएको हो।