‘हङकङको साडी २’ किन ल्याएनन् तीलक र आरती ?


काठमाडौँ । गत ४ वर्ष अगाडि गायक तीलक वली र गायिका आरती खड्काले ‘हङकङको साडीले नेपालको धुलो उडायो’ बोलको तीज गीत निकालेका थिए । जुन गीत अहिलेसम्मको रेकर्डमा तीज गीतमध्ये सबैभन्दा धेरै हेरिएको सफल गीत बनेको हो ।

सोहि गीतका कारण गायक वली आफु चर्चामा आएकोसमेत केहिदिन अगाडि फेसबुकमा स्टाटसमा लेखेका थिए । यसैकारण पनि अहिले अधिकांश दर्शकहरुले सोहि गीतको सेरिज निकाल्छन् कि भन्ने आशंकामा थिए तर त्यसको विपरित भएको छ ।

गायक वली, गायिका खड्कासहित ईश्वरी राना मगरको स्वरमा ‘एन्टीसी ऐनसल’ बोलको तीज गीत निकालेका छन् । बुधवार गामवेशी मिडियाको युट्युब च्यानलमार्फत सो गीत सार्वजनिक गरिएको हो ।

गायक वलीको लय तथा संगीत रहेको गीतको भिडियोलाई स्मृती तिमिल्सीनाले निर्देशन गरेकी हुन् । गीतमा मोडल रिना थापा र लोमेश शर्मासहितको छमछमी चाचेको देख्न सकिन्छ । सुरेश श्रेष्ठले खिचेको यस गीतको भिडियोलाई प्रकाश धमलाले ईडिट गरेका हुन् ।

गीतको भिडियो हेर्नुहोस्ः