सुनील महर्जन, ललितपुर ।
स्थानीयवासीको आन्दोलनका कारण नटोलस्थित पलेस्वाँ पुखु (कमल पोखरी) रहेको ठाउँ पाकिङ्गको लागि ठेक्कामा दिने ललितपुर महानगरपालिकाको निर्णय कार्यान्वयन हुन सकेन ।
महानगरपालिकाले सो ठाउँ श्रावण १ देखि पाकिङ्गको लागि ठेक्कामा दिने निर्णय गरेको थियो । महानगरपालिकाले ठेक्काको लागि गत जेठ १० गते बोलपत्र आहवान गरेको थियो । ठेक्कामा दिने तयारी थाल्दादेखि स्थानीयवासीले त्यसको विरोध गर्दै आएको थिए ।
नःत्वा पलेस्वाँ पुखुु संरक्षण समिति, नत्वा मंकाः खलः र नःत्वा मिसा पुचः(महिला समँह) अगुवाईमा स्थानीयवासी बुधबार बिहानैदेखि आन्दोलनमा उत्रिएका थिए। विरोध प्रदर्शनका क्रममा स्थानीयवासी आफैले पोखरी बनाउन खाल्डो खने । यसअघि धार्मिक विधिपुर्वक बज्राचार्य गुरुले पुजापाठ गरी पोखरीको शिलान्यास गरिएको थियो ।
महानगरपालिकाले सो ठाउँ श्रावण १ देखि पाकिङ्गको लागि ठेक्कामा दिने निर्णय गरेको थियो । महानगरपालिकाले ठेक्काको लागि गत जेठ १० गते बोलपत्र आहवान गरेको थियो । ठेक्कामा दिने तयारी थाल्दादेखि स्थानीयवासीले त्यसको विरोध गर्दै आएको थिए ।
‘इतिहासदेखि पोखरी रहेको यस ठाउँलाई पोखरी नै बनाउनुपर्दछ । महानगरपालिकाले ‘जबरजस्ती’ पार्किङ्गको लागि ठेक्का दिएको छ।पार्किङ्ग स्थल बनाउने निर्णयमा हाम्रो असहमति छ ।’ संरक्षण समितिका अध्यक्ष बाबुराजा महर्जनले भन्नुभयो ।
परापूर्वकालदेखि नै महानगरपालिका– २० मा दुई वटा पोखरी र वडा नं ३ मा दुई वटा पोखरी थियो । ती पोखरीमध्ये २० वडामा रहेको एउटा पोखरी मासेर त्रिपद्यम मावि बनाइयो । वटा नं ३ मा रहेको एक वटा पोखरी मासेर हालको महानगरपालिकाको भवन बनाइयो।
महानगरपालिकासंगैको एउटा पोखरी पानी रिर्चाज नहुने गरी ‘कृत्रिम पोखरी’ बनाइयो ।‘बाँकी यही एउटा ठाउँ रहेको छ । यसलाई पोखरी नै कायम गर्नुपर्दछ । ठेक्कादारलाई कुनै हालतमा पार्किङ्ग बनाउने दिने छैनौ ।’ अध्यक्ष महर्जनले भन्नुभयो ।
सो ठाउँमा पोखरी बनाएमा नटोल, छाय्बहाल आसपासका ढुंङ्गेधाराहरुबाट पानी आउने स्थानीयको विश्वास रहेको छ । त्यसैगरी वर्षाको जल जमिनमुनि बग्न नपाएर महापाल, गाबहाल डुबानमा पर्ने अवस्थामा पनि कमी आउने स्थानीयको आशा रहेको छ ।
टिकाभरव, लेले हुँदै राजकुलोबाट बगेको पानी सो पोखरीमा मिसिने गर्दथ्यो । सुख्यायाममा पानी ल्याउन नःत्वा मंका खलःबाट ४० वर्ष अघि सम्म हरेक वर्ष श्रमदान गरी ढल सफा गएको (धःज्या वनेगु) स्थानीय ८५ वर्षीय जोगिचा महर्जनको अनुभव रहेको छ ।
२०४१ सालमा राजकुलोबाट पानी आउन रोकेपछि सो पोखरी विस्तारै सुक्दै गयो । पछि गएर सो ठाउँ फोहोर फाल्न ठाउँको परिणत हुनथाल्यो । हुँदाहुँदै त्यस स्थानमा बंगुर पाल्न थालियो । खाली पोखरी अति दुर्गन्धित बन्दै गयो । लामो समयसम्म फोहोर र दुर्गन्धबाट आर्जित स्थानीयले मिलेर सरसफाई अभियान चलाए । सरसफाईपछि सो ठाउँलाई अहिलेसम्म स्थानीयले निरन्तर संरक्षण गर्दै आएको ’नःत्वा मिसा पुचःका निर्वतमान अध्यक्ष सजनी महर्जनले भन्नुभयो ‘अहिले आएर स्थानीयको भावना विपरीत पार्किङ्गको लागि ठेक्कामा दिने हो त ?’
यसअघिका मेयर बुद्धिराज बज्राचार्यले पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला मार्फत सभागृह बनाउन शिलान्यास पनि गराउनुभएको थियो । स्थानीयले विरोध गरेर सो हल बनाउन दिइएन ।
महानगरपालिकामा जनप्रतिनिधिविहीन भएको बेला पोखरी बनाउन स्थानीयले माग गर्दा बेला त्यतिबेलाका कार्यकारी प्रमुखले तत्कालको लागि पर्यटक बसपार्क बनाउने भनेको थियो । पछि पोखरी बनाउने भनियो । स्थानीयले यो कुरा राम्ररी सम्झिएका छन् । ‘अहिले जनप्रतिनिधि आएर पोखरी बनाउन पहलकदमी गर्नु कता हो कता उल्टै तीन वर्ष अघि कर्मचारीले भनेको कुरालाई निरन्तरता दिन खोजियो ।’ मिसा पुचःका निर्वतमान अध्यक्ष सजनी महर्जनले भन्नुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार सार्वजनिक पोखरी संरक्षण गर्ने काम स्थानीय तहको हो । जनप्रतिनिधिहरु नै यस दायित्वबाट विमुख भएपनि स्थानीयवासी आन्दोनल उन्मुख हुनु स्वभाविक रहेको पनि दुपाटल टोलका नाईके प्रेमकृष्ण महर्जनको भनाई रहेको छ ।
ठेक्कामा दिने निर्णयप्रति स्थानीयको असन्तुष्टि रहेको विषयमा मंगलबारको नगरसभामा २० वडाका सदस्य धनबहादुर महर्जनले ध्यानाकर्षण गराउनुभएको थियो । ‘यस विषयमा कुरा उठाउँदा मेयर चिरिबाबु महर्जनले सो ठाउँमा बोलपत्र आहवान गरी निर्णय भइसकेको हुनाले अहिलेको लागि पार्किङ्ग स्थल बनाऔं । पछि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएर पोखरी बनाउने भन्नुभयो । ’मेयरको भनाईलाई उद्यृत गर्दै वडा सदस्य महर्जनले बताउनुभयो ।
अहिले जनप्रतिनिधि आएर पोखरी बनाउन पहलकदमी गर्नु कता हो कता उल्टै तीन वर्ष अघि कर्मचारीले भनेको कुरालाई निरन्तरता दिन खोजियो ।
करिब डेढ वर्षअघि पद्मावती महाविहार नःबहालमा भएको एक कार्यक्रममा बोल्दै मेयर महर्जनले सो ठाउँमा अन्डरग्राउण्ड पार्किङसहित भवन बनाउने बनाउने कुरा सार्वजनिक गर्नुभएको थियो । भवन बनाएरमा कला र संस्कृतिको नगरीमा त्यसले प्रतिकूल असर पार्ने बताउँदै कार्यक्रममा ज्यापू समाजका पूर्वअध्यक्ष कुलाल डंगोलले त्यसको प्रतिवाद गर्नुभएको थियो । सो ठाउँमा पोखरी नै कायम गर्नुपर्ने स्थानीयको भावना रहेको भन्दै डंगोलले कुनै हालतमा भवन बनाउन नहुने कुरा राख्नुभएको थियो ।स्थानीयको आन्दोलनमा ऐक्यवद्धता जनाउन पाटनका ज्यापँ समाजका परम्परागत ४० टोलका नाईकेहरुसंगै उहाँपनि आउनुभएको थियो ।
पञ्चायतकालमा २१ नं वडाको वडाअध्यक्ष हुँदा पिम्बहालको पोखरी बचाउन डंगोलले राजदरबारको निर्णय नै अवज्ञा गर्नुभएको थियो । ‘जनप्रतिनिधिले स्थानीयको भावनाको आधारमा चल्ने हो । स्थानीय भावना विपरीत गएर जनप्रतिनिधिले सफलता हासिल गरेको उदाहरण कहिँकतै छैन ।’ डंगोलले भन्नुभयो ।
बिहानदेखि स्थानीयबासीहरु आन्दोलनमा उत्रिएपछि मयेर महर्जनको ‘निर्देशनमा’ सो ठाउँमा दिनभर नै प्रहरी तैनाथ गरिएको थियो । स्थानीयले त्यसलाई आफ्नो शान्तिपँर्ण आन्दोलन ‘दबाउन’ प्रहरी तैनाथ गरिएको रुपमा बुझेका छन् । प्रहरी संयमता र सुझबुझका कारण अप्रिय घटना हुन पाएन ।‘मेयर महर्जनले स्थानीयको मागप्रति संवेनशीलता देखाउनु साटो सके प्रहरी परिचालन गरी ‘दबाउने’, स्थानीयवासीको आन्दोलनलाई व्यक्ति विशेषले उचालेको रुपमा बुझ्ने गरेका छन् । यस्तो बुझाईले समाधान दिँदैन । ’ नटोलबासी अनिल महर्जनले भन्नुभयो ।
बिहानदेखि स्थानीयबासीहरु आन्दोलनमा उत्रिएपछि मयेर महर्जनको ‘निर्देशनमा’ सो ठाउँमा दिनभर नै प्रहरी तैनाथ गरिएको थियो । स्थानीयले त्यसलाई आफ्नो शान्तिपूर्ण आन्दोलन ‘दबाउन’ प्रहरी तैनाथ गरिएको रुपमा बुझेका छन् ।
नःत्वा मंकाः खलःका सचिव समेत रहनुभएका महर्जनका अनुसार मयेर महर्जनलाई भेटेर कुरा राख्न स्थानीयवासीले तीन महिनाअघि देखि प्रयास गरेका थिए । मेयर महर्जनले पटक पटक फोन गर्दा पनि फोन उठाउनुभएन। उहाँका सचिवालयका निजी सचिव राजु महर्जन र स्वकीय सचिव इन्द्र बज्राचार्यसंग सम्पर्क भएपनि उहाँहरुले आलटाल गर्नुभयो । उपप्रमुख गीता सत्याललाई भेट्न पनि ‘जुगौैं’ जस्तो लाग्यो । कसैले पनि विषयवस्तु संवेदनशीलता बुझेन ।
यसैबीच सार्वजनिक र धार्मिक, सांस्कृतिक महत्वको पोखरी मासेर पार्किङ्गस्थल बनाउने महानगरपालिकाको निर्णयविरुद्ध स्थानीयले जिल्ला प्रशासन कार्यालय ललितपुर र पुरातत्व विभागमा उजुरी दिएका छन् ।
प्रतिक्रिया