पेन गन, गोली र लागूऔषधसहित पक्राउ


कास्की । पोखरा महानगरपालिका ७ मासबार बस्ने सोही महानगरपालिका २४ कास्कीकोट घर भएका २४ वर्षीय सागर रानाभाटलाई पेन गन, गोली र लागूऔषध सहित असार २९ गते प्रहरीले पक्राउ गरेको छ ।

रानाभाटले लागूऔषध सेवन, ओसारपसार र बिक्री बितरण तथा हतियार समेत बोकी हिँड्ने गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले निजको डेराबाट पेनगन १ थान, सोही गनमा लाग्ने गोली ७ थान तथा लागूऔषध फेनारगन ६० एम्पुल, ब्रुप्रिनर्फिन ६० एम्पुल, डाईजेपाम ६० एम्पुल, नाईट्रोसन १५ चक्की र राहदानी तथा नागरिकता १० थान बरामद गरी उनलाई पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान भइरहेको छ ।