ज्यान मार्ने धम्की दिएको भन्दै बद्री पंगेनीविरुद्ध उजुरी


काठमाडौं । चर्चित लोक दोहोरी गायक बद्रि पंगेनीमाथि ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ । पंगेनीसहित उनका साथीहरु विजय सिंह र सुवास अधिकारीविरुद्ध ज्यान मार्ने धम्की दिएको आरोप लागेको हो । ज्यान मार्ने धम्की दिएको भन्दै सितापाईलाका निमा दोर्ची शेर्पाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् ।

तिनै जनाले सञ्चालन गरेको निरमाया दोहोरी साँझको सजावटका लागि निमाको फर्निचर उद्योगले ५५ लाख रुपैयाँ बराबरको काम गरेको थियो । १२र१३ लाख रुपैयाँ दिएर बाँकी पैसा माग्दा विजय सिंहले धम्की दिने गरेको भन्दै सुरक्षाको माग गर्दै निवेदन दिएको निमाले बताए ।

पैसा माग्दा विजयले ‘मलाई चिनेको छस् रु तलाई म देखाईदिन्छु, म धेरै पावरलावा मान्छे हुँ’ जस्ता धम्की दिनेगरेको निमाको भनाई छ । बद्रिले धम्की नदिएपनि दोहोरी साँझमा उनको पनि शेयर रहेकाले तिनै जना सञ्चालकविरुद्ध उजुरी दिएको बताए ।