मुद्दा फछर्याैटको लक्ष्यमा पुगेन अदालत


काभ्रे । जिल्ला अदालत काभ्रेपलाञ्चोकले लक्ष्य अनुसारको मुद्दा फछ्र्याैट गर्न सकेन । ७० प्रतिशत लक्ष्य रहेको अदालतले ५७.२७ प्रतिशत मुद्दा फैसला गरेको छ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता भएका २ हजार ५१ थान मुद्दा मध्ये १ हजार १ सय ७४ थान मुद्दा फैसला भएको छ भने ८ सय ७७ थान मुद्दा बाँकी छन् । अघिल्लो आर्थिक वर्ष २०७३÷२०७४ को जिम्मेवारी सरी आएको ७ सय ६९ थान र गत आर्थिक वर्ष दर्ता भएका १ हजार २ सय ८२ थान मुद्दा रहेका थिए । जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले देवानी २ सय ९३, फौजदारी १ सय ५४ र अन्य ६ समेत गरी ४ सय ५३ थान मुद्दा फैसला गरेको छ ।

सबै भन्दा धेरै न्यायाधीश दीपककुमार खरेलकोे इजलाशले २ सय ७३ देवानी, १ सय ८४ फौजदारी र ७ अन्य गरी ४ सय ६४ थान मुद्दा फैसला गरेको छ । न्यायाधीश दुर्गा खड्काको इजलासले १ सय ८२ देवानी, ७२ फौजदारी र ३ अन्य गरी २ सय ५७ थान मुद्दा फछ्र्याैट गरेको छ । अदालतबाट ७ सय ४८ थान देवानी, ४ सय १० थान फौजदारी र अन्य १६ समेत गरी १ हजार १ सय ७४ थान मुद्दा फछर्याैट गरेको छ ।

अदालतले फैसला कार्यान्वयनमा भने लक्ष्य भन्दा धेरै सफलता प्राप्त गरेको छ । ७०.५६ प्रतिशत मुद्दाको फैसला कार्यान्वयन गरेको तहसिल शाखाले जानकारी दिएको छ ।