विलासी भोज प्रकरणपछि फ्रान्सेली मन्त्रीद्वारा राजीनामा


पेरिस । वातावरणमन्त्री फ्राँस्वा दे रगीले बिहीबार राजिनामा दिनुभएको छ । मन्त्री रगीले सरकारी बजेटको दुरूपयोग, विलासी भोजका लागि अत्यधिक खर्च गरकोलगायतका आरोप लगाइएको छ । मन्त्री रगीले भने आफूमाथि लगाइएका उक्त आरोपहरूमा कुनै सत्यता नरहेको भनी खण्डन गर्दै आउनुभएको छ । उहाँले आरोपलाई ‘सञ्चारमाध्यमको आफूमाथिको प्रहार’ भन्नुभएको छ ।

सञ्चारमाध्यममार्फत निरन्तर आफू र परिवारमाथि भएका आक्रमणका कारण आफू पछि हटेको तर आरोप सबै सही नभएको वातावरणमन्त्रीले बताउनुभएको छ । “मैले मेरो राजीनामा प्रधानमन्त्रीसमक्ष आज विहान ९मङ्गलबार० बुझाएको छु, ” रगीले भन्नुभयो । उहाँले विदेशमन्त्रालयसमेतको जिम्मेवारी सम्हाल्नुभएको र सरकारमा प्रधानमन्त्री पछिको मर्यादाक्रममा रहनुभएको थियो । रासस