त्रिशूलीमा दुई शव भेटियो


बेत्रावती । नुवाकोटस्थित त्रिशूली नदीमा आज दुई जनाको शव भेटिएको छ । विदुर नगरपालिका–४ का सीताराम सुनार तथा पहिचान खुल्न नसकेको अर्को एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो ।

सुनार आज बिहान हराएपछि खोजी गर्ने क्रममा विदुर नपा–५ बुनीबेँसी पुल नजीकै मृत्त भेटिएका हुन् । उनको खोजी गर्ने क्रममा अर्का एक पुरुषको समेत शव भेटिएको पल्लिमगरले बताउनुभयो । शव सडेको अवस्थामा भेटिएको छ । रासस