बर्दियामा ७५ प्रतिशत भन्दा बढी धान रोपाई


बर्दिया । जिल्लाको सबै क्षेत्रमा गरी सरदर ७५ प्रतिशत भन्दा बढी हालसम्म धान रोपाई कार्य सम्पन्न भएको कुरा कृर्षि ज्ञान केन्द्र बर्दिया ईकाइ बाट थाहा भएको छ ।

सबै भन्दा बढी धान रोपाई गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा ९भांैरातप्पा० ९७ प्रतिशत भएको छ । त्यसै गरी ठाकुरबाबा नगरपालिका ९पटुवा÷बुडान० क्षेत्रमा ९० प्रतिशत, बारबर्दिया र मधुवन नगरपालिका ९बुडान÷फेनातप्पा० क्षेत्रमा ८० प्रतिशत, गुलरिया नगरपालिका क्षेत्रमा ६० प्रतिशत, बाँसगढी नगरपालिका ९रजहट० क्षेत्रमा ५० प्रतिशत र बढैयाताल गाउँपालिका क्षेत्रमा ४० प्रतिशत भन्दा बढी धान रोपाई भएको छ ।

बर्दिया जिल्लामा कुल खेतियोग्य जमिन ७५ हजार हेक्टर मध्ये ६० हजार हेक्टरमा खेति गरिने गरिएको छ जसमध्ये ५० हजार २ सय ५० हेक्टर जमिनमा धान खेति गरिन्छ । कुल सिचाई सुविधा भएको सिन्चित क्षेत्र ७०९४२ हजार हेक्टर० प्रतिशत र असिन्चित क्षेत्र ३०९१८ हजार १ सय हेक्टर० प्रतिशत रहेको छ ।

यस बर्ष मुख्य रुपमा सावित्री, राधा–४, मकवानपुर, सामा मनसुली, हर्दिनाथ र केही क्षेत्रमा खजुरा कृर्षि केन्द्रबाट उत्पादित बहुगुणी–१ र २ पनि लगाईएको कुरा कृर्षि ज्ञान केन्द्र नेपालगंज ईकाइ कार्यालय बर्दियाका प्रमुख तिर्थ खड्काले जानकारी गराउनु भयो । यस बर्ष मनसुन ढिलो आएकाले धानको विउ राख्न ढिलो भएको र पुर्वी क्षेत्रका केहि ठाउँमा छिपीएको विउ रोप्न परेकाले धानको उत्पादनमा केही घट्न सक्ने सम्भावना रहेको अनुमान गरिएको छ ।