कलाको तीज गीत “पातली”


काठमाडौँ । चर्चित गायिका कला लम्सालको तिज गित “पातली” सार्वजनिक भएको छ । गुरु पुर्णिमाको दिन “पातली” सार्वजनिक भएको हो । नेपाली हिन्दु नारीको बिशेष पर्व हरितालिका तिज लक्षित गित “पातली” नेपाली मौलिक संस्कृतिको महत्व बोकेको भएको गायिका लम्सालले बताउनुभयो ।

चर्चित सर्जक शिव हमालको लय तथा शब्दमा कला लम्सालकै युटुव च्यानलबाट सार्वजनिक भएको हो । गितमा चर्चित मोडल करिश्मा ढकाल र लम्साल लगाएतको छ । सुमधुर स्वरकी धनी लम्सालको स्वरमा सजिएको गितले नेपाली लोकसंस्कृतीको रक्षार्थ भुमिका खेल्ने अपेक्षा गरिएको छ ।