गाडि नै बगाउने अम्लिहान तिनाउ खोलामा पक्की पूल


पाल्पा ।
सिद्धार्थ राजमार्गको विकल्पको रुपमा समेत चित्रित गरिएको वाँसटारी झडेवा खैरेनी मार्गमा पर्ने अम्लिहानमा निर्मित पुल मंगलवारदेखि सँचालनमा आएको छ । बर्षायाममा पक्कि पुल नहुदा दिनहु यातायात अवरोध हुदै आएको थियो भने २०७४ सालमा जिप बगाउदा ४ जनाको मृत्यु भएको थियो । पुल निर्माण भएपछि अन्तर प्रदेश स्तरी सडक जोड्न, अन्तरगाउँपालिका सडक जोडिएको छ । यो सडकमा पुल नहुदा खोलावाटै सवारी साधन चलाउनु पर्ने वाध्यता रही आएकोमा अव भने पुल मार्फत सवारी साधन र मानिसहरु आवतजावत गर्न सक्ने भएका छन ।

तानसेन नगरपालिका ९ मा पर्ने अम्लीहान तिनाँउ खोलामा नव निर्मीत पक्कीपूल को ५ नं प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नु भएको छ । ३२ मिटर लम्बाई ७ मिटर चौडाई भएको पूलको एसीयाली बिकाश बैंकको सहयोगमा ६ करोड ४२ लाखमा निर्माण कार्य पुरा भएको हो । पूलको उद्घाटनको क्रममा मुख्य मन्त्री पोखरेलले तिन तहको सरकार निर्माण भएपछि जनताको आशा र अपेक्षा पुरा हुदै गएको बताउनु भयो ।
मुख्य मन्त्री पोखरेलले जनतालाई अर्थिक मुलधारमा ल्याउन यस्ता विकास निर्माणका कार्यले सहयोग पुग्ने बताउनु भयो । संघिय सांसदले प्रदेशमा योजना पठाउनु भन्दा बजेट पठाउन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले २ अर्वका योजना पठाउने तर बजेट ५० करोड पठाएर जनता लाई आश्वासन दिनु राम्रो नभएको बताउनु भयो ।

पाल्पालाई प्रर्यटकिय पुर्वाधार निर्माणको लागी ५ नं प्रदेश स्तरीय दरवार स्रग्राहलय, मगरी सास्कृतिक डवली, रानीमहल दरवारको संरक्षण जिर्णाेद्धार गरिने मुख्यमन्त्री पोखरेलले बताउनु भयो ।

सम्झौता अवधी अगाडी नै पुल निर्माण कार्य सम्पन्न गरेकोमा रसुवा कन्ट्रक्सनका प्रतिनिधी अनिल सिलवाललाई मुख्यमन्त्री पोखरेलले सम्मान गर्नुभयो । समयमा पुल निर्माण कार्य गरेकोमा प्रदेश सासद नारायण आचार्यले पुरस्कार स्वरुप निर्माण कम्पनी रसुवा लाई नगद १० हजार प्रदान गर्नुभयो । तिनाउ खोलाले कयौ नागरिकहरुको ज्यान गएकोले समय सिमा भित्रै पुल निर्माण गरेकोमा स्थानीयबासीहरुले समेत निर्माण कम्पनीलाई नागरिक अभिनन्दन गरेका छन ।

पुलको निर्माण पूरा भएसँगै कसेनी, झडेवा, गोठादी लगायतका स्थानका जनतालाई प्रत्यक्ष फाइदा पुगेको छ भने सिद्धार्थ राजमार्ग अवरुद्ध हुदा वैकल्पिक वाटोको रुपमा यस सडकमार्गलाई प्रयोग गर्न सकिने भएको छ ।