बाढीपहिरो पिडीतको उद्धारमा १५ हजार नेपाली सेना परिचालन


असार २६ गतेबाट परेको अविरल वर्षाका कारण देशका २६ जिल्लाहरु क्षतिग्रष्त भएका छन् । ती जिल्लाहरुमा बाढी, पहिरो, डुवान, कटान तथा सडक अवरुद्ध भई जनजीवन प्रभावित भएको छ ।

सरकारले ती सम्पूर्ण जिल्लाहरुमा बाढीपहिरो पिडीतहरुको उद्धार लागि १५ हजार नेपाली सेनाका फौज परिचालन गरेको छ । अहिलेसम्म जे जति क्षति भएपनि अब ती स्थानहरुमा जनधनको थप क्षति न्युनिकरण गर्नका लागि नेपाली सेनाको फोज परिचालन गरिएको हो ।

सेनाको टोलीले हालसम्म ७ सय २३ जनाको सकुशल उद्धार गरिसकेको छ भने एक सय ८६ जनालाई सुरक्षित स्थानमा सारेको जनाईएको छ । अन्य बेपत्ता भएकाहरुको भने खोजी कार्य भईरहेको छ ।

अविरल वर्षासंगै गएको पहिरोका कारण फर्पिङ्ग(थाकेल(कुलेखानी सडक, दक्षिणकाली(सिस्नेरी(कुलेखानी, स्याफ्रुवेशी(टिमुरे(रसुवागढी सडक खण्डका विभिन्न स्थान, बेशीशहर(चामे सडक खण्डको कार्दिखोला पुल र बेनी(जोमसोम सडक खण्डको घोप्टेभीर खण्ड अवरुद्ध भएकाले ती स्थानहरुमा यातायात आवागमनमा सहज गराईएको छ ।

यसैगरी १४ स्थानमा तटबन्ध निर्माण, ९ स्थानमा पहिरो पन्छाउने कार्य, ४ स्थानमा विद्युत प्रशारण लाईनको सुरक्षार्थ मरामत गर्ने कार्य, ठ स्थानमा खोला, ढल, नाली खोल्ने कार्य भएको साथै सिराहा जिल्लाको सिराहा नगरपालिका लवडा नम्बर १० र १२ मा राहत वितरण र रौतहटको गौरस्थित जिल्ला विपद्‍ व्यवस्थापन समितिद्वारा आयोजित राहत वितरण कार्यक्रममा सहयोग गरेको छ ।

नेपाली सेनाले गरिरहेका कार्यहरुको विवरण हेर्नुहोस्ः

IMG (1)