जनजाति फिल्म अवार्ड थाइल्यान्डमा हुने


काठमाडौँ । हुकुम मल्टिमिडियाले ज्योमो ग्याङ फिल्म एण्ड म्युजिक अवार्ड २०१९ थाइल्यान्डमा आयोजना गर्ने भएको छ । आगामी भदौ ७ गते थाइल्यान्डमा अवार्ड गर्न लागिएको हो ।

जनजाति फिल्म एवं संगीत अवार्डको घोषणा सोमबार मात्रै गरिएको हो । गत ०७३ सालदेखि ०७५ सालसम्म निर्माण भएका फिल्म र म्युजिक भिडियोले प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।

यस कालखण्डमा निर्माण भएका कूल ६३ फिल्मबाट उत्कृष्ट पाँच मनोनयन गरिने भएको छ । फिल्मतर्फ कूल १६ र संगीततर्फ ११ विधा राखिएको छ ।