आफ्नै लगानी, आफ्नै श्रम अनि आफ्नै कमाई, १८ वर्षकी रितु पानीपुरी पसलमा रमाई (भिडियोसहित)


प्रदिप विवश भण्डारी, काठमाडौँ ।
पछिल्लो समय अधिकांश युवाहरुमा विदेशमा मोह बढ्दै गएको छ । माध्यमिक शिक्षा पूरा गरेपछि अष्ट्रेलिया, अमेरिका, जापानमा उच्च शिक्षाको मोह कायमै छ भने श्रम गर्न मलेसिया र खाडी जानेहरुको संख्या पनि उत्तिकै छ ।

धेरैको मानसिकता छ नेपालमा त पैसा नै छैन । तर नेपालमा पैसा अनि भविष्य छैन भन्नेहरुका लागि भने दरिलो उदाहरण बनेकी छिन् गोर्खाकी रितु बस्नेत ।

सुन्दर र बान्की परेको अनुहार र शरीर रितुलाई आफ्नो काम गर्न कुनै लज्जाबोध छैन आफ्नो लगानी, आफ्नो श्रम अनि आफ्नै कमाई ।

भर्खरै १८ वर्षकी रितु अहिले स्नातक प्रथम वर्षमा अध्ययनरत छिन् । तर उनले काठमाडौँ बनस्थलीमा पानीपुरी र चटपटेको व्यापार गरेर बसिरहेकी छिन् ।

उनी कुनै राम्रो अफिसमा जागीर नपाएर यो काम गर्न लागेकी होईनन् । गोर्खाबाट काठमाडौँ आएको शुरुवाती समयमा होटलमा भाडा मोल्नेदेखी एकाउन्टेन्टसम्मको काम गरिन् । पछि त्यो काम छोडेर वेवसाईट कम्पनीमा काम गरिन् र अहिले ती सबै काम छोडेर आफ्नै व्यापार गर्नुपर्छ भन्ने सोचले पानीपुरी चटपटे पसल खोलेकी छिन् ।

उनले दैनिक २ हजार देखि ३ हजारको हाराहारीमा आम्दानी गर्ने गर्छिन् । उनको लागत खर्च कटाएर हेर्ने हो भने उनले एक महीनामा कम्तीमा ३० हजारको आम्दानी गर्ने गर्छिन् । उनले यो काम गरिरहँदा देशमा काम छैन, भविष्य छैन भन्दै विदेशमोह राख्नेहरुका लागि नेपालमै गरे सबैथोक छ भन्ने दरिलो उदाहरण दिएकी छिन् ।

भिडियो हेर्नुहोस्ः