काठमाडौँ । काल झैं स्वरका धनी उदित नारायण झाले लामो समयको अन्तरालपछि नेपाली सुुगम गीतमा आवाज दिएका छन् । नेपाली दर्शकको मन मुटुमा बस्न सफल गायक झाले सत्याकृत ब्याण्ड को प्रस्तुतिमा ‘होशमा बेहोशि’ बोलको गीतमा आवाज भरेका हुन् ।
गीतको म्युजिक भिडियो, रेकर्डिङ ,मिक्सिङ, मास्टरीङ, सम्पूर्ण कार्य मुम्बईमा गरिएको हो । विजय गौतमको शब्द तथा संगीत रहेको उक्त गीतमा गोपाल रसाईलीले संगीत संयोजन गरेका छन् । गीतको म्यूजिक भिडियो निर्देशन/सम्पादन पनि स्वयम् विजय गौतमले नै गरेका हुन् ।
https://www.youtube.com/watch?v=GHPXqVO6wiI
गीत रेकर्डिङका क्रममा गायक झाले करियरमै सबैभन्दा मिठो गीत गाएको बताएका थिए । उनले मिठोसँगै गायनका लागि निकै चुनौतीपूर्ण रहेको यो गीत पशुपतिनाथको कृपाले गाउन सहज भएको प्रतिक्रिया समेत दिएका थिए । गायक झाले गाएको गीत ‘श्री हजुर’ नामको महिमामा आधारित छ । सत्याकृत ब्याण्डको निर्माणमा बनेको उक्त भिडियो आत्मरञ्जन नामक युटुब च्यानलमा रिलिज गरिएको छ । यसअघि पनि सत्याकृत ब्याण्डले भक्ति, प्रेम र सत्य भावका गीत संगीतहरु दर्शकसामू पस्किँदै आईरहेको छ ।
प्रतिक्रिया