भारतको महत्वाकांक्षी चन्द्रयान २ प्रक्षेपणको तयारी

यान चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण हुने


श्रीहरीकोटा (एजेन्सी)
भारतको चन्द्र अभियान अन्तर्गतको दोस्रो चन्द्रयान २ आन्ध्र प्रदेशको श्रीहरीकोटामा सतिश धवन अन्तरिक्ष केन्द्रबाट आज अपराह्न २ बजेर १५ मिनेटमा प्रक्षेपण गरिनेछ ।

चन्द्रयान १को सफलतापछि भारतिय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) चन्द्रयान २बाट पुन इतिहास रच्ने तयारीमा पुगेको छ ।

यस अभियानको प्रमुख विशेषता भनेको यो चन्द्रयान अहिले सम्म कुनै देश नपुगेको चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण हुनेछ । यस क्षेत्रमा जोखिमका कारण कुनै पनि अन्तरिक्ष एजेन्सीले आफना यानलाई यहाँ अवतरण गराएका छैनन् । अहिलेसम्मका अधिकांश अभियान भुमध्यरेखिय क्षेत्रमा हुने गरेको छ ,जहाँ दक्षिण ध्रुवको तुलनामा समथर जमीन रहेको छ । यसको तुलनामा दक्षिण ध्रुव ज्वालामुखि तथा कठिन भुबनौटले भरिएकोले यहाँको अवतरण जोखिम पुर्ण हुने छ ।

अधियानको प्राथमिक उद्देश्य चन्द्रमाको सतहमा सुरक्षित अर्थात विस्तारै आरामपुर्वक अवतरित हुनु र सतहमा रोबोट रोवर सन्चालित गर्नु हो ।
यसको अभियानको उद्देश्य चन्द्रमाको सतहको नक्सा तयार गर्नु, खनिज पदार्थको बारेमा जानकारी संकलन गर्नु, चन्द्रमा बाहिरको वातावरण स्क्यान गर्नु र कुनै न कुनै रुपमा रहेको पानीको उपस्थिति पत्ता लगाउनु हो ।

यसले भारत पुर्व सोभियत संघ, संयुक्त राज्य अमेरिका र चीनपछि चन्द्रमामा यान अवतरण गर्ने र सतहमा रहेर चन्द्रमाको कक्ष, सतह र वातावरणमा विभिन्न प्रयोगको संन्चालन गर्ने चौथो राष्ट्र बन्नेछ । यो प्रयासको उद्देश्य चन्द्रमालाई लिएर हाम्रो बुझाईलाई फराकिलो पार्नु र मानवतालाई लाभान्वित हुने खोज गर्नु रहेको बताइएकोछ ।

यस अभियानमा पठाइने अन्तरिक्ष यानको तीन हिस्सा रहेको छ , पहिलो अर्विटर, अर्को विक्रम नामक ल्यान्डर र तेस्रो ६ पौग्राको रोबोट रोवर हो । रोवरको नाम प्रज्ञान राखिएको छ भने ल्यान्डरको नाम भारतको अन्तरिक्ष कार्यक्रमका जनक विक्रम साराभाइको नाममा विक्रम राखिएको हो ।
यस अभियानमा अर्विटर अर्थात भुउपग्रहले चन्द्रमाको वरपर परिक्रमा गरिरहेनेछ, विक्रम ल्यान्डर चन्द्रमाको दक्षिणी ध्रुव नजिकै सुरक्षित तथा नियन्त्रित अवतरण हुनेछ र प्रज्ञान चन्द्रमाको सतहमा पुगेर प्रयोग गर्नेछ ।


यो ल्यान्डर यसै बर्षको सेप्टेम्बर ६ मा चन्द्रमाको दक्षिण धु्रव नजिकै दुई ज्वालामुखि पर्वत म्यानजिनस सी र सिमपेलियस एनको बीचमा रहेको उच्च समथर स्थानमा अवतरण हुने छ । रोवरले यस क्षेत्रम पृथ्वीको १४दिन अर्थात एक चन्द्र दिवससमम परिक्षण तथा प्रयो गर्ने छ । अर्विटरको अभियान एक बर्षसम्म जारी रहेनेछ ।

यस अभियानका लागि भारतका सबैभन्दा शक्तिशाली ६ सय ४० टनको रकेट जीएसएलवीएमके–३को प्रयोग हुनेछ । यले ३ हजार ८ सय ९० किलो तौलको चन्द्रयान–२ लाई लिएर जानेछ । अन्तरिक्षयानले १३ भारतिय तथा एक नासाको वैज्ञानिक उपकरण लिएर जानेछ ,। यसमा ८ उपकरण अर्बिटरमा, तीन ल्यान्डरमा र दुई रोवरमा हुनेछ ।

यो वाहेक चन्द्रयान–२ले चन्द्रमामा अशोक चक्र र इसरोको प्रतिकको छाप छोडेर आउनेछ । इसरोका अध्यक्षका अनुसार रोवरको एक खुट्टामा अशोक चक्र र अर्कोमा इसरोका प्रतिक छापिएको छ र यो गुड्ने क्रममा चन्द्रमामा त्यसको छाप बस्नेछ ।