प्रधानसेनापति थापा र अमेरिकन सशस्त्र बलका उपाध्यक्षबीच भेटवार्ता


काठमाडौँ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले अमेरिकन अमेरिकन सशस्त्र बलका उपाध्यक्ष जनरल पाल जे. सेल्भाबीच भेटवार्ता ुभएको छ । शुक्रबाट थापाले सेल्भासहित रक्षा विभागका पदाधिकारीहरुसँग भेटवार्ता गर्नुभएको हो ।

भेटवार्ताको क्रममा प्रधानसेनापति थापा र दक्षिण एशिया विभागका पदाधिकारीहरु बीच द्धिपक्षीय हित, आपसी सहयोग तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । थापा असार ३१ गते स्वदेश फिर्ता हुनुहुनेछ ।