खुकुरी प्रहार गरी एक युवाको हत्या, छ जना पक्राउ


दाङ । जिल्लाको तुलसीपुरमा खुकुरी प्रहार गरि एक युवाको हत्या भएको छ । प्रहरीले हत्यामा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

शुक्रवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का २० वर्षीय रामबहादुर ओलीलाई खुकुरी र तरवार प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त हत्यामा संलग्न तुलसीपुर उपमहानगरपालिका– १८ दुधरासका २२ वर्षीय शौरभ मल्ल, तुलसीपुर– ६ का १९ वर्षीय शम्भु शर्मा, तुलसीपुर– १२ का २४ वर्षीय तेजेश पुनमगर, तुलसीपुर– ११ का २२ वर्षीय रमेश केसी, तुलसीपुर– ११ का २० वर्षीय अमृत वली र तुलसीपुर– १२ का २२ वर्षीय भरत शाहीलाई पक्राउ गरिउको छ ।

मल्ल र शर्मालाई शनिवार नै प्रहरीले पक्राउ गरेको थियो भने अन्य चार जनालाई आईतवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हत्याको मुख्य योजनाकार तुलसीपुर उप–महानगरपालिका– ११ बेलटाकुरा बस्ने २३ वर्षीय बिक्की सिंह ठकुरी फरार छन् । प्रहरीका अनुसार बिक्कीको खोजतलास भईरहेको छ ।