पुथाबाटै ठुलो मात्रामा अवैध हतियार संकलन


धनवीर दाहाल, रुकुम पुर्व ।
रुकुम पुर्व जिल्लाको एक गाँउपालिकाबाट अवैध रुपमा राखिएका ४२ नाल हतियार भरुवा बन्दुक प्रहरीले संकलन गरेको छ । जिल्लाको पुथाउत्तरगंगा गाँउपालिका बिभिन्न वडाबाट स्थानीयले अवैध रुपमा राखेका हतियार प्रहरीले संकलन गरेको हो । स्थानीयको घरमा गएर प्रहरीले हतियार संकलन गरेको हो । बन तथा बन्य जन्तुको संरक्षण र अपराधिक घटना न्युनिकरणका लागी अवैध हतियार संकलन अभियानले टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बिश्वास व्यक्त गर्नुभयो ।

अझै पनि हतियार हुने सक्ने भएकोले स्थानीयबाट अवैध हतियार संकलन गर्ने अभियान जारी राखेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जनाएको छ । गत २०७५ मंसिर १२ गते ५५ नाल अवैध हतियार स्थानीयले प्रशासनलाई बुझाएका थिए भने २०७६ बैसाख ८ गते ५६ नाल भरुवा बन्दुक प्रहरीले संकलन गरेको थियो । यो संगै १५३ नाल अवैध हतियार प्रहरीले संकलन गरेको छ ।

नेपालमै यति धेरै मात्रामा अवैध हतियार संकलन गर्ने जिल्ला रुकुम पुर्व भएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार पुर्व रुकुम जिल्लालाई अवैध हातहतियार मुक्त जिल्ला बनाउन तथा समाजमा हुने अपराधिक क्रियाकलापलाई न्युनिकरण गर्न, बन तथा बन्यजन्तुको संरक्षण, चोरी सिकारीमा नियन्त्रण, जैबिक बिबिधताको संरक्षण र सम्र्बद्धनमा बिशेष योगदान पुर्याउने उद्धेश्य राखेर अवैध हतियार संकलन अभियान जारी राखिएको छ ।