बनारसमा चिनियाँ राष्ट्रपति र मोदीले डुंगा सयर गर्ने कार्यक्रम

0
Shares

एजेन्सी,

चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीबीच दोस्रो अनौपचारिक शिखर वार्ता हुने भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार आगामी अक्टोबर १२ मा सी र मोदीबीच बनारसमा शिखर वार्ता हुन लागेको हो।

गत महिना काजगस्तानको विस्केकमा भएको सांघाई कोअपरेशन अर्गनाइजेसनको शिखर सम्मेलनका क्रममा मोदी र सीबीच साइडलाइन वार्ता भएको थियो। सोही भेटमा दुई नेताबीच भारत र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्ष पुगेको उपलक्ष्यमा अनौपचारिक शिखर वार्ता गर्न सल्लाह भएको बताइउएको थियो ।

बनारसमा सी र मोदीले गंगा नदीमा डुंगा सयर गर्ने कार्यक्रम रहेको बताइएको छ। शिखर वार्ताको थप विवरण भने सार्वजनिक गरिएको छैन।

शिखर वार्ताको तयारीका लागि भारतीय विदेश मन्त्री एस जयशंकर अर्को महिना बेइजिङ जाने बताइएको छ ।c