विपद् व्यवस्थापनमा प्रभावकारी कदम चाल्न पूर्वराजाको ज्ञानेन्द्रको आग्रह

0
Shares

काठमाडौं (नेस) ।
पूर्वराजा ज्ञानेन्द्र शाहले अविरल वर्षाका कारण आएको बाढीपहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले यस्तो अवस्थामा प्रभावकारी विपद् व्यवस्थापन गर्न प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै मौसमी बर्षा संगै राजधानी लगायत देशका बिभिन्न भूभागमा आएको बाढीपहिरोले धेरै जनधनको क्षति भएकोमा आफुलाई निकै दुःखी तुल्याएको उल्लेख गर्नुभएको छ ।

‘प्राकृतिक प्रकोप र मानवीय संवेदनाको यो घडीमा तिम्रो र मेरो भन्ने संकिर्ण सोचबाट माथि उठेर सबैले सबैको लोकहितकारी काममा लाग्नु पर्दछ, प्राकृतिक विपदको यो घडीमा म शोक सन्तप्त पिडित सबै प्रति हार्दिक समवेदना र सहानुभूति राख्दछु’ जारी विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।