बाढीले जनकपुर–जयनगर रेलमार्गको लिक बगायो

0
Shares

नेपाल समाचारपत्र, जनकपुर ।
अविरल वर्षापछि आएको बाढीले भर्खरै निमार्ण सम्पन्न गरिएको जनकपुर–जयनगर रेलमार्गको लिक बगाइदिएको छ।
अविरल वर्षाका कारण उर्लिएको कमला नदीले भारतीय सीमा नजिकै इनरूवामा दुई सय मिटर लिक बगाइदिएको

रेल्वे विभागका महानिर्देशक बलराम मिश्रका अनुसार कति ठाउँमा प्राविधिक जान नसकेको र कतिपय ठाउँमा १ मिटरजति पानी जमेको देखिएको छ ।

जयनगर–जनकपुर रेलवे निर्माण गत असोजमा सकिएको थियो।

कात्तिक पहिलो साता प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा भारतीय बजार जयनगरबाट रेल आएको थियो। उक्त रेलले लिकमा बिछ्याउने गिटी पनि बोकेको थियो।

सरकारले जयनगर–जनकपुरमा चलाउन भारतबाट रेल किन्ने प्रक्रिया अघि बढाइसकेको छ।