बाढीपिडीतको उद्दारमा सशस्त्र प्रहरीको उल्लेखिय कार्य

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
केही दिनदेखि परेको अविरल वर्षका कारण धेरै धनजनको क्षती भएको छ । सरकारी तथ्यांक अनुसार हालसम्म ५० जनाको मृत्यु भईसकेको छ भने २३ जना अझै बेखबर रहेका छन् । यस क्रममा बाढीपिडितहरुलाई उद्दार गर्ने क्रम पनि जारी छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल गरी तीनवटै सुरक्षा निकायहरु उद्दारमा खटेका छन् ।

बाढीको शुरुती दिनेदेखिनै पाचँ हजार बढी सशस्त्र प्रहरीहरु उद्दार कार्यमा जुटेका छन् । प्रहरीले आफूसँग भएको आठवटा वाटर बोट सहित अन्य उद्दार सामाग्रीका साथ विभिन्न ठाउँमा उद्दार कार्य गरिरहेको बताएको छ ।

सशस्त्र प्रहरीले कमला नदीको बिच भागमा अलपत्र परेका धनुसा जिल्लाको शहिद नगरपालिकाका ४ पुरुष र १ महिला र कमलामाई नगरपालीकाका २ महिला र २ पुरुषको उद्दार गरेको छ ।

यसैगरी छिन्नमस्ता बहिनी बर्दिबासबाट खटेको सशस्त्र टोलीले कल्याणपुर नगरपालिकास्थित बलान खोला र घुर्मी खोलाको बिचमा रहेको आँपको रुखमा फसेका ६० वर्षका महेश्वर शाहको उद्दार गरेको छ ।

त्यस्तै छिन्नमस्ता बहिनी टोलीले रौतहटको गढीमाई नगरपालीका धरमपुरस्थित बख्रीमा डुबानमा परी जोखीममा रहेका २४ जना बालबालिका , १९ जना महिला र ८ जना पुरुष गरी ५१ जनाको उद्दार गरेको छ । यस्तै १५० बढी ईकाईहरु भएका प्रदेशमा सबै ईकाईहरुबाट अन्य निकायहरुसँग समन्वयन र सहकार्य गरी उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।