बाढीपहिरोले ज्यान गुमाउनेको संख्या ५० नाघ्यो, दर्जनौ बेखबर

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या ५० पुगेको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार २५ जना घाइते छन् । घाइतेको सम्बन्धित जिल्लाका अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार ३३ जना बेपत्ता सर्वसाधारणको खोजी र भइरहेको छ । हालसम्म एक हजार १०४ जनाको उद्दार गरिसकिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले बताए ।