चीनमा स्वास्थ्यप्रतिको जागरुकताले फलफूलको मागमा वृद्धि


बेइजिंग (एजेन्सी)
विकास र आर्थिक समृद्धीसँगै चीनमा मध्यम बर्ग तिब्र रुपमा बढीरहेको छ । यसले चीनको जनतामा स्वास्थ्य प्रतिको जागरुकतामा पनि उल्लेखनिय बृद्धी भइरहेको देखिएकोछ । चिनियाहरुमा हालैका बर्षमा स्वास्थ्यका आवश्यक पौष्टिक आहार सेवनमा ब्यापक बृद्धी भइरहेको छ । यसमा चिनियाँहरुले आफनो भोजनमा फलफुलमा विशेष जोड दिन थालेको आंकडाले देखाएकोछ ।

सन् २०१९ मेमा मात्र चीनले ७ लाख २० हजार टन फलफुल र बडाम आयात गरेकोछ । यो सन् २०१८ को मेको तुलनामा करिब ८ गुणा बढी हो । फलमा केराको माग धेरै बढेको देखिन्छ । यसबर्षको मेमा २ लाख २७ हजार टन केरा आयात भएको बताइएको छ । चीनमा फलफुलको बढ्दो लोकप्रियताको फाइदा दक्षिण पुर्व एसिया र दक्षिण अमेरिकाका देशहरुलाई सबैभन्दा धेरै भएको छ ।

फिलिपिन्स र कोस्टारिका जस्ता केरा निर्यातक देशका लागि जापान सबैभन्दा ठुलो बजार थियो । तर अहिले चीनले जापानलाई प्रतिस्थापित गरिसकेको छ । सन् २०१८ मा फिलिपिन्सबाट भएको कुल केरा निर्यातको दुई तिहाई हिस्सा चीन पुगेको थियो । मेक्सिको र क्याम्बोडियाको केरा निर्यातका लागि पनि चीन अब सबैभन्दा ठुलो बजार बनेको छ । सन् २०१८ मा चीनले कुल १५ लाख ४० हजार टन केरा आयात गरेको थियो । यो सन् २०१७ को तुलनामा ५० प्रतिशत धेरै हो । यो बर्ष २० लाख टन आयात हुने अनुमान गरिएको छ ।

चीनमा फलफुलको माग अत्यधिक बढेपछि त्यसको मुल्यमा पनि ब्यापक बृद्धी भइरहेको छ । यो चीनको खुद्रा ब्यापारको महँगी दर भन्दा पनि बढेको छ । एक बर्षमा केराको मुल्यमा करिब ३० प्रतिशत तिब्रता आएको छ । चीन भित्र केरा उत्पादनमा कमी हुनु पनि आयातमा तिब्र बृद्धीको कारण मानिएकोछ । विगत बेही बर्षदेनि पनामा डिजिज नामको फंगल इन्फेक्सनका कारण चीनमा केराको खेतीमा कमी भएको हो ।

केरा बाहेक चेरी, एभोकाडो र डुरियन जस्ता विदेशी फलको माग पनि चीन्मा पर्याप्त बृद्धी भएको छ । यी फलहरु स्वास्थ्यका लागि अत्यन्त राम्रो मानिन्छ । विगत ७ बर्षमा चीन्मा एभोकाडोको आयात १० हजार गुणाले बृद्धी भएको छ । चीनले चेरीको आयात सबैभन्दा धेरै चिलीबाट गर्छ । सन् २०१८ चीलीबाट चेरीको कुल निर्यातको करिब ७० प्रतिशत चीनमा भएको थियो । चिलिबाट आउने चेरीमा चीनले कुनै आयात शुल्क लगाएको छैन ।