उपत्यकाको फोहोर सिसडोल गएन

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं । शुक्रबार परेको अबिरल वर्षाको कारण उपत्यकाको एकमात्र सिसडोल ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन हुन सकेको छैन ।

वर्षाको कारण केही ठाउमा बाटो बिग्रिएको र ल्याण्डफिल साइट हिलाम्य भएकोले फोहोर व्यवस्थापन हुन नसकेको कामपाले जनाएको छ । कामपा वातावरण व्यवस्थापन विभागका इन्जिनियर एवं ल्याण्डफिल साइट इन्चार्ज सरकारद्धीप श्रेष्ठका अनुसार शुक्रबारको अबिरल वर्षाको कारण आज फोहोर व्यवस्थापन हुन नसकेको हो ।

उहाले ल्याण्डफिल साइट हिलाम्य भएकोले फोहोर व्यवस्थापन हुन नसकेको बताउदै पानी रोकिएर ल्याण्डफिल साइटमा केही सुख्खा हुनासाथ फोहोर व्यवस्थापन हुने बताउनुभयो । उपत्यकाका १८ स्थानीय निकायको फोहोर सिसडोलमा व्यवस्थापन हुने गरेको छ । हाल दैनिक ८ सय टन फोहोर सिसडोलमा व्यवस्थापन हुने गरेको छ । कामपा वातावरण विभागले ल्याण्डफिल साइट सुख्खा हुनासाथ नियमित फोहोर व्यवस्थापन हुने जनाएको छ ।

उपत्यकाको फोहोर सिसडोल जान नसकेको कारण बाटोमा फोहोर थुप्रिन थालेको छ । निरन्तर वर्षाैत भैरहे अझै केही दिन फोहोर सिसडोल लैजान सक्ने अवस्था हुदैन । स्थानीयको अवरोधको कारण करिब दुई साता अघि झण्डै एकसाता फोहोर उठ्न सकेको थिएन । फोहोर व्यवस्थापन हुन थालेको केही दिनपछि अबिरल वर्षा भएपछि सिसडोलमा फोहोर व्वस्थापन गर्न नसकिएको हो ।