बर्दिबासमा भब्सी नदीको पुल बग्योः पूर्वपश्चिम राजमार्ग ठप्प, सयौं यात्रु अलपत्र

0
Shares

बर्दिवास, पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवत–जावत ठप्प छ ।

अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको र अहिले पुलको दुवै छेउमा ठूलो संख्यामा सवारी साधन रोकिएको प्रहरीले जनाएको छ । पुल भत्किएपछि सयौँ यात्रु अलपत्र परेका छन्। केही यात्रु गन्तव्यमा पुग्न जोखिम मोलेर नदी तरिरहेको स्थानीयले बताएका छन् ।

भत्किएको पुल हेर्न सर्वसाधारणको घुइँचो लागेको छ। जिल्लामा चार दिनदेखि भइरहेको वर्षा अझै रोकिएको छैन।