इलाममा दुई जनालाई खहरे खोलाले बगायो !

0
Shares

नेपाल समाचारपत्र, इलाम ।
जिल्लाको चुलाचुली गाउँपालिकामा एक ब्यक्तिलाई खहरे खोलाले बगाएको छ । खेतमा काम गर्दै गरेको समयमा शुक्रबार दिउँसो १ बजेतिर एक्कासि आएको खहरे खोलाले चुलाचुली गाउँपालिका १ का करिब ५०/५५ बर्षका महानन्द लावतीलाई बगाएको हो । उनको खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

यता एकहप्तादेखि इलामकै एक बालक पनि बेपत्ता बनेका छन् । सन्दकपुर गाउँपालिका ३ सुलुबुङ्ग स्थित माइपातालका पन्ध्र बर्षिय बिदुर नेपाल बेपत्ता भएका हुन् । स्थानीय सरस्वती मावि कक्षा १० मा अध्ययनरत बिदुर गत असार १९ गते घरबाट बिद्यालय गएपनि सो दिन बिद्यालय नै नपुगेको र त्यसैदिनबाट उनी घर समेत नफर्केको परिवारले जनाएको छ ।

अघिल्लो दिन बिद्यालयमा साथीसंग बिदुरको मोवाइल बिषयमा बिबाद समेत भएको बताइएको छ ।

केशब नेपाल र बेदमाया नेपालका दुईजना छोरामध्ये जेठो छोरा रहेका बिदुर घर नफर्केपछि परिवार चिन्तामा डुबेको छ । छोरो हराएपछि परिवारले प्रहरीमा जानकारी गराएका छन् ।