सुर्खेतका डिएफओ चार लाख घुससहित समातिए

0
Shares

प्रकाश पन्त, बीरेन्द्रनगर ।
जिल्ला डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामा चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै शुक्रबार दिउँसो लामालाई प्रक्राउ गरेको अख्तियारको कार्यालय सुर्खेतले जनाएको छ ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले सेवाग्राहीबाट घुस लिँदालिँदै उनलाई प्रक्राउ गरेको बताए ।

लामाले छुट पुर्जाको म्याद थप गराइ दिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा प्रक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले घुस बापतको रकम लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट नियन्त्रण लिएर अनुसन्धान थालेको बताएको छ ।