लोप हुदैं डोली



विनोद सिंह विष्ट, बैतडी ।
केहि वर्ष अघीसम्म बैतडीका सबै स्थानमा पाईने विहेमा बेहुली चढ्ने डोलीहरु लोप भएको छन् । यहाका बुढापाखाहरुका अनुसार त्यतिबेला अधिंकासका घरमा पाईने डोलीहरु आजभोली लोप भईसकेको छन् ।

प्रायका घर—घरमा सजाएर राखीने डोलीहरु घरमा राख्न छोडेको धेरै वर्ष भईसकेको जेष्ठ नागरिकहरुको भनाई छ । विहेमा डोली प्रयोग गर्ने चलन पूर्ण रुपमा लोप भईसकेको छ । पुरानो पुस्ताले एक महत्वपूर्ण सामाग्रीका रुपमा लिने डोली नया पुस्तालाई राम्रो संग चिन्न समेत मुस्किल पर्ने गरेको छ ।
यसरी दिनप्रतिदीन परम्परागत सामानहरु लोप हुदै गएका छन् । आफ्नो विहेमा डोली प्रयोग गरेपनि डोली नदेखेको धेरै वर्ष भईसकेको सिगाउ गाउँपालिका वडा नम्बर ९ चौखामकी हंसा बोहरा ढाटले बताउनुभयो ।

पहिले कुनै बुढापाखाहरुले आफ्नै हातले काठको डोली बनाउने गरेका बताउदै अब विहेमा बस लगाएतका सवारीसाधनहरु प्रयोग हुन थालेपछी बनाउनेहरुले पनि बनाउन छाडेका दशरथचन्द नगरपालिका वडा नम्बर १ का देवदत्त भट्ले बताउनुभयो ।

पुरानो परिहचान लोप भईसेकेको सिगास गाउपालिका वडा नम्बर ७ का चक्र बहादुर साउदले बताउनुभयो । आफ्नो संस्कृती , रीतिरीवाज जगाउन तर्फ कसैले पनि ध्यान नदिदा यस्ता दिनहरु आएका उहाँले बताउनुभयो ।

सवारीसाधानहरु गाउघरमा पुगेपनि आफ्नो पहिचान लोप हुनु राम्रो नभएको उहाँको भनाई छ । गाडिमा दुलहि बोक्न सहज भएपनी आफ्नो रितिरीवाज मासिनु नकरात्कम पक्ष भएको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्