नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौंको सामाखुसीस्थित एक मिठाई पसलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले छापा मारेको छ ।
अख्तियारको टोलीले छापा मार्दा उक्त पसलको बिमा रकम दावीको लागि सवारी दर्घटना प्रमाणित गर्न कागजात बनाईदिने भन्दै रकम अनियमितता गर्ने तीन ट्राफिक प्रहरीसहित दुई नम्बर गणका एक जना प्रहरी अख्तियारको फन्दामा परेका छन् ।
उनीहरुबाट १ लाख नगत बरामद गरेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया