पहिरोमा पुरिएर काठमाडौंमै ३ जनाको मृत्यु

ढुंगेअड्डामा ३ जना फसे

0
Shares

काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण मुलुकको राजधानी काठमाडौंमै तीन जनाको मृत्यु भएको छ ।

काठमाडौंको मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् ।

काठमाडौंको ढुंगे अड्डामा रहेको होचो भागमा डुबानमा परेर ३ जना फसेका छन् । काठमाडौंमा ३ जनाको मृत्यु भएसँगै वर्षाका कारण मुलुकभर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।