महासंघको आन्दोलन फिर्ता होइन स्थगित मात्र भएको होः पोखरेल

0
Shares

यमलाल भुसाल, बुटवल । नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेलले महासंघको जारी आन्दोलन फिर्ता होइन स्थगित मात्र भएको बताउनु भयो ।

उहाँले सञ्चार सम्वन्धी बिभिन्न बिधेयकको बिरोधमा शुरु गरेको आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्रै गरेको बताउनु भएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलम आयोजना गरेको संघीयतामा पत्रकारिताको महत्व र भूमिका बिषयक अभिमुखीकरण तालिमको विहिवार सहजीकरण गदै उपाध्यक्ष पोखरेलले सत्तारुढ दल नेकपाको संसदीय दलले सञ्चार सम्वन्धी बिधेयकमा प्रेस स्वतन्त्रताको बिरोधमा भएका विषय हटाउने र सरोकारवालाहरुसंग छलफल गर्ने लिखित सहमति गरेकाले तत्कालका लागि सडक आन्दोलन स्थगित गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो आन्दोलन फिर्ता गरिएको होइन तेश्रो चरणका सडक आन्दोलन स्थगित गरिएको हो प्रेस स्वतन्त्रताको पक्षमा र सञ्चार सम्वन्धी बिभिन्न बिधेयक माथि छलफल दवाव लगायतका कार्यक्रम जारी रहन्छन ।

संघियतालाई सफल वनाउन मिडियाको महत्वपूर्ण भूमिका हुने बताउदै उपाध्यक्ष पोखरेलले मुलुक सघिय संरचनामा गएसंगै मोफसलका पत्रकारहरुको जिम्मेवारी थप बढेको धारणा राख्नु भयो ।

नेपाल प्रेस युनियनका सल्लाहकार हरि लम्सालले मुलुक संघीयतामा गएपछी पत्रकारहरुको भूमिका पनि बदलिएकाले पत्रकारहरुले सक्रिय भई श्रृजनसील तवरबाट पत्रकारिता गर्नुपर्ने बताउनु भयो । युनियनका सभापति रेखा भुसालले प्रेस युनियनमा आबद्ध पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि तालिम आयोजना गरिएको बताउनु भयो ।