स्यार्पु तालको छेउमा होमस्टे

0
Shares

धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको बाँफिकोटमा रहेको स्यार्पुतालको छेउमा होमस्टे संचालन हुने भएको छ ।

बाफिकोट गाउँपालिका वडा नम्बर ३ मा साउन महिनाको दोस्रो साताभित्र सञ्चालनमा आउने भएको हो । होमस्टे निर्माण को जिम्मा धनमाया स्मृति प्रतिस्ठानले लिएको छ । धनमाया स्मृति प्रतिष्ठानका सदस्य बिस्णु सुनारका अनुसार होमस्टेमा गाउँमा बनेका अर्गानिक खानाका परिकारहरु पाइने छन ।

गाउँमा बनेका मकैको रोटि, सिस्नो, ढिडो, स्थानीय स्थरमा उत्पादन गरिएका विभिन्न मसलाहरु, भैसिको दूध, दहि, महि, घ्यू, लगायत खानाका परिकारहरु पाइने व्यवस्था समेत गरिने भयको छ ।

होमस्टे विशेषगरि बाह्य पर्यटक र आन्तरिक पर्यटनलाई लक्षित गरि निर्माण गरिएको वडा सचीव प्रवेश परियार बताउनुभयो । होम स्टेय निर्माणको लागि कर्णाली प्रदेश उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालय र बन डिभिजन कार्यलय रुकुम पश्चिमको ३८ लाख र स्थानीयको चार लाख ६८ हजार पाँच सय ३८ रुपैंयाको श्रमदानमा निर्माण गरिएको हो । बिहिबार एक कार्यक्रमका बिच भबनको लेखापरीक्षण गरिएको छ ।

लेखापरीक्षण कार्यक्रममा मा जिल्ला समन्वय समितिकी उपप्रमुख तथा धनमाया स्मृति प्रतिठानकी महासचिव इन्द्रिरा बुढा, गाउँपालिका अध्यक्ष धर्म बहादुर के सी, उपाध्यक्ष मनकला पुन, वडा सदस्यहरु बुद्धिजीवी राजनीतिदल स्थानीय लगायत को उपस्थित रहेकोे थियोे ।