नहरमा डुबेर बालकको मृत्यु

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज । पर्सामा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुर बस्ने दीपेन्द्र साह तुराहाका ६ बर्षीय छोरा रोशन साहको नहरमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ

घर नजिकै रहेको नहरमा शौच गर्न जाने क्रममा बालक नहरमा डुबेका थिए । उनलाई उद्धार गरेर उपचारका लागि बीरगंज लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।