बेलायतको उल्भरहेम्टन विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजको शिक्षा बेलायतको भन्दा उत्कृष्टः उपकुलपति

0
Shares

काठमाडौं । बेलायत स्थित उल्भरहेम्टन विश्वविद्यालयका उपकुलपति प्रा जियोफ लेयरले नेपालमा सम्बन्धन प्राप्त दुई कलेजले उत्कृष्ट शिक्षा दिएको बताउनुभएको छ ।

विश्वका करिब १२ देशका कलेजलाई सम्बन्धन दिएको विश्वविद्यालयले काठमाडौको हेराल्ड र विराटनगरको मेरिल्याण्ड कलेजको शिक्षा उल्भरहेम्टर विश्वविद्यालयमा पढ्ने विद्यार्थीको भन्दा उत्कृष्ठ रहेको दाबी गर्नुभएको छ । हेराल्ड कलेजको अवलोकन भ्रमणमा आउनुभएका उपकुलपति जियोफले कलेजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालको दुई कलेजको पढाइले विश्वविद्यालयको सान बढेको बताउनुभयो ।

उहाले भन्नुभयो– वेलायतका डिग्री विश्वमै प्रख्यात छ । हामीले विदेशका कुनैपनि कलेजलाई सम्बन्धन दिदा कलेजको बारेमा अध्ययन गरेर मात्र दिन्छौ । फरक प्रशंगमा उहाले भन्नुभयो–उत्कृष्ट विश्वविद्यालय बन्न एउटा मात्रै कोर्षमा फोकस नगरी प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने, पढाउने मात्र नभै भविष्य र समाजप्रति उत्तरदायी हनुपर्ने, अनुसन्धान र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने, राम्रो परीक्षाफल हुनुपर्छ ।

 

कलेजका विद्यार्थीसंग अन्तक्रिया गर्न नेपाल आउनुभएका उपकुलपति प्रा जियोफले नेपाली विद्यार्थीहरु पढाइप्रति सम्वेदनशिल रहेको बताउनुभयो । उहाले अनुसन्धानमा आधारित पढाई वर्तमान समयको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

सन् २०१६ को सेप्टेम्बरबाट कक्षा शुरु गरेको हेराल्डमा हालसम्म ७५ जनाले अध्ययन पुरा गरिसकेका छन् । हेराल्ड कलेजले चार वर्षे विआइविएम र तीन वर्षे बिआइटी कक्षा संचालन गरिरहेको छ । विराटनगरको मेरिल्याण्ड कलेजमा दुवै विषयमा कक्षा संचालन भैरहेको छ । मेरिल्याण्डले सन २०१४ देखि पढाई शुरु गरेको हो । हाल हेराल्डमा करिब ८ सय विद्यार्थी अध्ययनरत छन । मेरिल्याण्डमा ३ सय ५० विद्यार्थी अध्ययन गरिरहेका छन् ।

आइएनजी ग्रुपले संचालन गरेको दुवै कलेजको शिक्षाको बारेमा जानकारी गराउदै ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले यहा अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट ब्यापारिक प्रतिष्ठानमा रोजगार पाइरहेको बताउनुभयो । उहाले भन्नुभयो–वेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहा पढ्ने विद्यार्थीहरु सुचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राख्नुभयो ।

विश्वविद्यालयले हरेक वर्ष समर सिजनमा हेराल्ड र मेरिल्याण्ड कलेजमा अध्ययनरत ५ जना विद्यार्थीलाई १५ दिने छात्रवृतिमा विश्वका विद्यार्थी संगै अध्ययन गर्ने अवसर दिने गरेको छ । अध्यक्ष बुढाथाकीले वेलायती शिक्षाले गर्दा नेपाली विद्यार्थीमा स्वअध्ययन बढेकोले विश्वविद्यालयले नेपालका दुई कलेजको प्रशंसा गरेको बताउनुभयो । बेलायती शिक्षालाई विश्वभर विश्वसनीय शिक्षाको रुपमा हेर्ने गरेकै कारण यो विश्वविद्यालयबाट सबन्धन पाएर कक्षा संचालन गरिरहेको उहाको भनाई थियो ।