अबिरल वर्षाका कारण कोशी अस्पताल डुबानमा

0
Shares

सरोज यादव, विराटनगर । लगातारको वर्षाका कारण बिराटनगरका अधिकांश क्षेत्र जलमग्न भएको छ । कतिपय ठाउँहरु डुवानमा समेत पर्न थालेका छन् ।

वर्षाका कारण कोशी अञ्चल अस्पताल डुबेको छ । सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनमा समेत पानी पसेको छ । विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीहरुमा पानीको सतह बढेपछि डुबानमा छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ ।

वर्षाका कारण कोशी अञ्चल अस्पताल डुबेको छ । रोडको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनमा समेत पानी पसेको छ । ढलको निकाश नगरी सडक उच्च बनाइदिँदा अस्पतालभित्र पानी पसेको हो । पानीको निकास नहुँदा अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीलाई समेत समस्या भएको छ ।

प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पतालका रुपमा रहेको कोशी अस्पतालमा दैनिक १ हजारभन्दा बढी उपचार सेवा लिन आउने गरेका छन् । अस्पतालको मुख्य प्रदेशद्वारादेखि नै सुरु भएको डुबान मर्मतसम्भार शाखा र इलेक्ट्रीक कन्ट्रोल प्यानलमा पनि पानी चुहेर पस्दा कर्मचारीहरु असुरक्षित अवस्थामा काम गर्न बाध्य छन् । यसभन्दा अगाडि पनि पानी चुहेर इलेक्ट्रीक कन्ट्रोल प्यानल रुममा आगलागी भएको थियो ।

अस्पतालका विभिन्न वार्डमा पानी चुहिएको छ भने अस्पताल फोहर भएको छ । बिरामी तथा अस्पतालका कर्मचारी जुत्ता खालेर अस्पतालभित्र बाहिर गर्नुपर्ने पर्ने अबस्था रहेको छ । अस्पताल चोकमा रहेको गोल्डेन अस्पतालदेखिको पानी कोशी अस्पतालमा छिरेको छ ।

ढलको निकास छैन भने सडकको पानीसमेत अस्पतालमा छिर्दा अस्पतालभित्र पानी जमेको हो । विराटनगरमा बिगत तीन दिनदेखि बर्षा भइरहेको छ ।