उपमेयर महिला सुरक्षा कार्यक्रम सञ्चालन

0
Shares

धनवीर दाहाल,रुकुम ।

रुकुम पश्चिमको एक नगरपालिकाले उपमेयर महिला हिंसा बिरुद्धको सुरक्षा कार्यक्रम संचालन गरेको छ । चौरजहारी नगरपालिकामा उपमेयर महिला सुरक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।

नगरसभाबाट नयाँ आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रममा उपमेयर महिला सुरक्षा कार्यक्रम पारित गरिएको नगरपालिकाले जनाएको छ ।

उपमेयर महिला सुरक्षा कार्यक्रमले हिंसा पीडित महिला, विपन्न महिला, एकल महिलालाई संरक्षण तथा सहयोग गर्ने बजेट निति तथा कार्यक्रम समेटिएको छ । जसका लागि ८ लाख बजेट विनियोजन गरिएको छ । नगर उपप्रमख राधा रोकाले यो कार्यक्रमले गाउँघरमा अन्याय तथा हिंसामा पिल्सीएर बसेका महिलालाई सहयोग गर्ने बताउनुभयो ।

‘हाम्रो समाजमा अहिले पनि थुप्रै महिला घरेलु हिंसा लगायतका हिंसाबाट पिडित छन र उनीहरु आफुमाथि भएको हिंसाको नै बिरोध गर्ने र न्याय खोज्ने अवस्थामा छैनन्’ उहाँले भन्नुभयो ‘त्यस्तो महिलालाई न्याय दिलाउन यो कार्यक्रमको महत्वपुर्ण भुमिका रहने छ ।’

सबैभन्दा पहिले नगरपालिकामा कति हिंसामा छन् भनेर तथ्यांक संकलन गरिने र त्यसपछि कसलाई कस्तो किसिमको सहयोग तथा संरक्षण गर्नुपर्ने हो त्यो उपमेयर महिला हिंसा बिरुद्धको सरक्षा कार्यक्रमले गर्नेछ ।

सम्बन्धित सरोकार वाला निकायसँग छलफल गरेर कस्तो किसिमको कार्यक्रम सञ्चालन गर्ने भन्ने बिषयमा पनि नगरपालिकाले छलफल गर्नेछ ।