दुर्घटनामा गाउँपालिका अध्यक्ष गम्भीर

0
Shares

धादिङ, धादिङबेसी घरबाट सिद्दलेक गाउँपालिका कार्यालयतर्फ जाँदै गर्दा सिद्दलेक गाउँपालिका अध्यक्ष ६२ वर्षीय प्रेमनाथ सिलवाललाई बुलेरो गाडीले ठक्कर दिँदा घाइते हुनुभएको छ ।

बा ९१ प ३६३९ नम्बरको मोटरसाइकलमा कायार्यालय तर्फ जानलागेका गाउँपालिका अध्यक्ष सिलवाललाई धादिङबेसीतर्फ जाँदै गरेको बा १४ च १६ ४४ नम्बरको बुलेरो जिपले ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय धर्मराज सिलवाल र पालिका अध्यक्ष सिलवाल घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका सूचनाअधिकारी प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

बुलेरो जीपले गाडी उछिन्न खोज्दा मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि पनि बुलेरोले मोटरसाइकललाई धेरै परसम्म किचेर लगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाडीले ब्रेक नलगाइ दुर्घटनापछि पनि नरोकिकन अगाडी बढाएको घटनास्थलमा उद्धारमा सम्लग्न जिवन सिलवालले बताउनुभयो । मोटसाइकलमा सवार भएका व्यक्तिहरु गाडीले ठक्कर दिएपछि अर्कोपटि लडेका कारण आफूहरु बाँच्न सफल भएको घाइतेहरुले बताउनुभएको छ ।

घाइते गाउँपलिका अध्यक्षको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौ ट्रमा अस्पतालमा पठाइएको छ ।

दुर्घटनापछि ठक्कर दिने गाडी र चालकलाई प्रहरीले हिरासतमा लिएको छ ।