सिरहामा भ्यान दुर्घटना, एक दर्जन बढि घाइते


सिरहा ।
सिरहाको पूर्वपश्चिम राजमार्ग अन्गर्तत धनगढीमाई नगरपालिका ११ सोनापुरमा दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा दर्जनौं यात्रु घाइते भएका छन् ।
ना ७ ख ५३८२ र ना ४ ख ६७४३ नम्बरको यात्रुबाहक बस एक आसपमा ठोक्किएको हो । सो दुर्घटनामा १६ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय सिरहाले जनाका छन् । घाइतेहरुलाई उपचारका लागि स्थानीय आरके मेडिसिटी अस्पताल र श्रमजीवी केयर अस्पताल धनगढी ११ मा र लहानको अधिकान्स होस्पितल र किल्निकमा उपचार भइ रहेको छ । केहि यात्रुको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले बताएको छ । घाइते मध्येको अधिकांशको खुट्टा र टाउकोमा गहिरो चोट लागेको प्रहरीले जानकारी दिनु भयो ।