चिरपटले हानेर आफ्नै ससुरा र ठुला बुबाको हत्या


धर्मेन्द्र बि सी, अछाम ।
अछामको मंगलसैन नगरपालिका १ कुन्तीबण्डालीको ढुंगानी गाउँमा आफ्नै ससुरा र ठुला बुबाको हत्या गर्ने पिरम साउँद ९लफे० लाई प्रहरीले नियन्त्रणमा लिएको छ । मिस्तुरको जंगलमा भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुधबार राति घरमा सुतिरहेका ठुलोबुबा ७२ वर्षका देउसिंह साउँद र पाहुना आएका ससुरा ५५ वर्षका बिरभान थापालाइ उनले दाउराको चिरपटले हानेर हत्या गरेका हुन ।

ठुलोबुबा र ससुरा माथि आक्रमण गरेपछि उनले श्रीमतीलाई समेत मार्ने प्रयास गरेका थिए । तर आफूले भागेर ज्यान जोगाएको अभियुक्तकी श्रीमती धौली साउँदले बताइन् । प्रहरीका अनुसार उनले राति १ बजेतिर सुतिरहेको बेला एक्कासी ठुलोबुबा र ससुरामाथि आक्रमण गरेका थिए ।

प्रारम्भीक अनुसन्धानमा अहिलेसम्म घटनाको खास कारण पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए । ‘अहिलेसम्म घटनाको तथ्य खुल्न सकेको छैन,’ उनले भने, ‘सबै कारण पत्ता लाग्न समय लाग्ने देखिन्छ ।’

घटनाको अनुसन्धानको लागि प्रहरीको अनुसन्धान टोली खटाइएको डीएसपी शाहीले बताए । मृतक साउँद र थापा दुबैको टाउकोमा गहिरो चोट देखिएको छ भने शरीरका विभिन्न ठाउँमा निलडाम भेटिएको छ ।

शवको पोष्र्टमाटम भइसकेको जिल्ला अस्पताल मंगलसेनले जनाएको छ । पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार अभियुक्तले लामो समय उनीहरु माथि आक्रमण गरेर हत्या गरेको देखिन्छ । अभियुक्त साउँद राम्रोसँग बोल्न नसक्ने खालको अपांगता भएकाले पनि अनुसन्धानमा समय लाग्ने प्रहरीले जनाएको छ ।